back
CTIZAN AD

टीकापुर सरोकार समुहले सुबिधा सम्पन्न पुस्तकालय बनाउने

वि.सं.२०८१ माघ १४ सोमवार

573 

shares

टीकापुर, कैलाली । विभिन्न समयमा टीकापुर र टीकापुर वरपरका क्षेत्रमा सामाजिक एवं मानविय कार्य र परियोजना गरिरहेको टीकापुर सरोकार समुहले बीरेन्द्र विद्या मन्दिर टीकापुरमा सुबिधा सम्पन्न पुस्तकालय बनाउने भएको छ ।

बिद्यालयको स्वर्ण जयन्तीको अवसरमा बिद्यालयमा अत्याधुनिक सुबिधा सम्पन्न पुस्तकालय, इलेक्ट्रोनिक लाइब्रेरी स्थापना गर्ने भएको छ ।

विद्यालय सुधारको एउटा महत्वपूर्ण प्रस्थानविन्दु पुस्तकालय कार्यक्रम हो भन्ने लागेको एवं सरोकारवाला र विज्ञहरुले समेत पुस्तकालय आधुनिकीकरणले विद्यालयका विद्यार्थीहरुको ज्ञान र क्षमता अभिवृद्धि गर्ने राय दिएकाले विद्यालयमा अत्याधुनिक पुस्तकालय निर्माण गर्न थालिएको समुहले विज्ञप्प्तिमार्फत् जानकारी दिएको छ ।
जसमा पाठ्यक्रमसहित सयौं महत्त्वपूर्ण पुस्तकहरु, दश हजार भन्दा बढी ई–पुस्तकहरु, कम्प्युटरहरु, त्यसका सहायक सफ्टवेयर र अन्य उपकरणहरु, बस्ने आरामदायी कुर्सी एवं पढ्ने टेबुलहरु लगायतका सुविधाहरू स्थापित ÷जडान गरिने बताइएको छ ।

उक्त अत्याधुनिक पुस्तकालय टीकापुर सरोकार समूहको संयोजन, नेपाल लाइब्रेरी फाउन्डेशनको प्राविधिक सहयोगमा सम्पन्न हुनेछ । ‘पुस्तकालय निर्माणको ऐतिहासिक कार्यमा हामीलाई निम्न दाताहरूले सहयोग गर्नुभएको छ । उहाँहरुप्रति हामी अत्यन्त अनुग्रहित छौ’ं समुहका सचिव नवराज भट्टराईले बिज्ञप्तीमा भनेका छन् ।

श्री बीरेन्द्र बिधामन्दिर माविको स्वर्ण जयन्तीको अवसरमा ‘बिद्यालय पुस्तकालय बिस्तार तथा आधुनिकिकरणका लागि डा. सुधीर रुपारेलिया, रुपारेलिया फाउन्डेसन, युगान्डा, अफ्रिकाले अमेरिकी डलर ५००० ( नेरु ६८०,०००), श्री मिनबहादुर रावल, टीकापुर रु ४ लाख र गगन फाउन्डेशन, टीकापुरले रु . एक लाख प्रथम चरणमा सहयोग गरेका छन् ।यस सामाजिक कार्यमा अहोरात्र खटेर पुस्तकालयको परिकल्पनालाई साकार बनाउने बीरेन्द्र विद्या मन्दिरका गुठियारहरु, प्राचार्य, शिक्षकहरु, युगान्डाका लागि नेपाल सरकारका मानार्थ महावाणिज्यदूत महामहिम डा. सुधीर रुपारेलिया, टीकापुर विकास समितिका पूर्व अध्यक्ष मीन बहादुर रावल, उक्त योजनाका परिकल्पनाकार र समन्वयकर्ता टीकापुर सरोकार समूहका संरक्षक हिक्मत थापा, अध्यक्ष प्रशान्त अर्याल, सदस्य बिकास रावल लगायत समुहका सदस्य, शुभचिन्तक, दाताहरु र टीकापुरका नागरिक लगायत समस्त सहयोगी सबैमा समूहले धन्यवाद व्यक्त गरेको छ ।

उक्त कार्यका लागि सहयोग गर्ने डा. सुधीर रुपारेलिया युगान्डाका लागि नेपालका अवैतिनिक वाणिज्य दूत हुन् । उनी युगाण्डाको सबैभन्दा ठूलो औधोगिक एंव ब्यापारिक प्रतिष्ठान रुपारेलिया ग्रुपका अध्यक्ष समेत हुन् ।

त्यस्तै रावल टीकापुर नगर तथा बीरेन्द्र विद्या मन्दीर स्थापनामा योगदान दिने प्रमुख ब्याक्तित्व मध्येका एक हुन् । टीकापुर बिकास समितीका पुर्व योजना प्रमुख रावल विद्वान, सामाजिक चिन्तक तथा कुशल योजनाविद तथा ब्यबस्थापक हुन् ।

त्यसैगरी गगन फाउन्डेशन स्वर्गीय साहित्यकार तथा समाजसेवी गगनसिंह थापाको स्मृतिमा स्थापित सामाजिक संस्था हो । थापाका कर्णालीको छेउछाउ, पुर्खाको चिठी, अस्ताचलको ढोकाबाट लगायत नौ वटा साहित्यिक कृतिहरु प्रकाशित छन् ।

वि.सं.२०८१ माघ १४ सोमवार १४:५८ मा प्रकाशित

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...