back
CTIZAN AD

‘सरकारले जनपक्षीय काम गरिरहेको छ’

वि.सं.२०८१ माघ १४ सोमवार

711 

shares

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य यामलाल कँडेलले राष्ट्र र जनतालाई केन्द्रमा राखेर सरकारले जनपक्षीय काम गरिरहेको बताएका छन् ।

आज एमाले जिल्ला कमिटी सुर्खेतको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले राज्य सञ्चालन गर्ने अवसर पाउँदा जहिले पनि एमाले नेतृत्वको सरकारले जनपक्षीय काम गर्दै आएको जिकिर गरे । “दक्षिण एसियाकै पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीदेखि केपी शर्मा ओलीसम्मका सरकारले जनपक्षीय काम गरेका कारण विपक्षीको चौतर्फी घेरा हुँदा पनि नेकपा एमालेलाई जनताले साथ दिएका छन”, मुख्यमन्त्री कँडेलले भने,“एमालेको सही नीति, विचार र नेतृत्वकै कारण जनताको आकर्षण बढेको छ । यसलाई कायम राख्न थप क्रियाशीलता आवश्यक छ ।”

उनले जनचाहनाअनुसार काम भइरहेकाले देशमा आर्थिकलगायत क्षेत्रमा सुधारको सङ्केत देखिएको र यसले सरकारप्रति आशा, भरोसा र विश्वास बढेको धारणा राखे ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य नवराज रावत, मोहनमाया ढकाल र ठम्मर विष्ट, प्रदेश कमिटी सचिव ध्रुव शाहीलगायत जिल्ला कमिटीका नेताहरूको उपस्थिति रहेको थियो ।

 

वि.सं.२०८१ माघ १४ सोमवार १९:५९ मा प्रकाशित

विपद्मा कलाकारको हातेमालो

विपद्मा कलाकारको हातेमालो

गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक...

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका...

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको...

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई...

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक...