back
CTIZAN AD

सङ्गठित संस्थाका परीक्षा प्रणाली एकीकृत र संयुक्त गर्नेबारे छलफल

वि.सं.२०८१ माघ १४ सोमवार

786 

shares

काठमाडौँ । लोकसेवा आयोगले सङ्गठित संस्थाका समान कामको प्रकृति, सेवा समूह, उपसमूह, शैक्षिक योग्यता मिल्ने पदहरू एकीकृत गर्ने र संयुक्त परीक्षा प्रणाली अवलम्बन गर्नेबारे छलफल गरेको छ ।

आज आयोगको कार्यालयमा सङ्गठित संस्थाहरूको पदपूर्तिसम्बन्धी छलफलमा परीक्षा प्रणाली व्यवस्थित, ‘क्लष्टरिङ’ र सोहीअनुसार प्रभावकारी कार्यसम्पदान सम्बन्धमा छलफल भएको हो । कार्यक्रममा नेपाल सरकारको ५१ प्रतिशतभन्दा बढी स्वामित्व भएका विभिन्न ७४ सङ्गठित संस्थाका प्रमुख तथा मानव संशाधन हेर्ने प्रमुखको सहभागिता थियो ।

छलफलमा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सेवाग्राहीको मागअनुसार पदपूर्ति गर्दै आएको बताउँदै आयोगले योग्यता, निष्पक्षता र स्वच्छताको जिम्मेवारी पूरा गरेको उल्लेख गरे । उनले संस्थाको प्रकृतिअनुसार फरकफरक परीक्षा प्रणाली गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै कर्मचारी भर्ना गर्दा संस्था स्वयं पनि जवाफदेही हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा आयोगका सदस्य वीरबहादुर राईले पदपूर्ति प्रणालीमा प्राप्त सुझावका आधारमा खर्च घटाउने, दिगो बनाउने र समय तालिकाअनुसार नै काम हुने अवस्थाका लागि सहजीकरण गर्ने बताए । आयोगका सचिव डिल्लीराम शर्माले छलफलबाट विभिन्न कमजोरी र सुधारबारे सुझाव प्राप्त भएको बताए ।

पूर्वसचिव विमलप्रसाद वाग्लेले कार्यपत्र प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा विभिन्न नौ कार्य समूह विभाजन गरी ११ प्रश्नमाथि छलफल गर्नुका साथै समूहगत प्रस्तुति गरिएको थियो ।

 

वि.सं.२०८१ माघ १४ सोमवार २०:०९ मा प्रकाशित

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका...

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको...

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई...

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक...

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका...