
क्वालालम्पुर। मलेसियाको उत्तरी बोर्नियो राज्यको सारावाकको तटमा पानीजहाज दुर्घटना हुँदा मुख्य चालक (कप्तान) बेपत्ता भएको छ । चालक दलका अन्य छ जना सदस्यको उद्धार गरिएको मलेसियाली तटरक्षकले मङ्गलबार जनाएको छ ।
सोमबार राति सम्पर्कविहीन भएको जहाज मङ्गलबार स्थानीय समय अनुसार बिहान ६ः३० बजे फेला परेको थियो । चालक दलका छ जना सदस्यलाई चाँडै उद्धार गरिएको मलेसियाली सामुद्रिक प्रवर्तन एजेन्सी लाबुआनका निर्देशक इज्वानहादी इड्रोसले पत्रकार सम्मेलनमा बताए ।
“हामीले छ जना चालक दलका सदस्यहरूलाई तुरुन्तै उद्धार ग¥यौं, जसमध्ये दुईलाई सामान्य चोट लागेको थियो । अन्य चारको अवस्था स्थिर छ,” उनले बताए । स्कुबा डाइभिङ टोलीले बेपत्ता कप्तानको खोजी गरिरहेको छ । ।
इज्वानहादीले प्रतिकूल मौसम परिस्थितिले पानीजहाज दुर्घटना भएको बताए । अधिकारीहरूले घटनाको खोजी र अनुसन्धान जारी राखेको छ ।(रासस/सिन्ह्वा)
वि.सं.२०८१ माघ १५ मंगलवार १९:४६ मा प्रकाशित