काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भोलिदेखि विपक्षीहरूको घेराबन्दीमा पर्ने दाबी गरेका छन् ।
उनले आज प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको चौथो अधिवेशनलाई सम्बोधन गर्दै उक्त दाबी गरेका हुन् ।
उनले भने, ‘सरकारले अहिले अध्यादेश ल्याएको छ। त्यसमा भूमिसम्बन्धी अध्यादेश बदनियत ढंगले आफ्ना कार्यकर्तालाई जग्गा बाँड्नका लागि त्यो विधेयक ल्याइएको छ। सरकार अहिले आतंकित छ। अब भोलिदेखि विपक्षीहरूले घेराबन्दीमा पर्दैछ।’
वि.सं.२०८१ माघ १७ बिहीवार १४:०५ मा प्रकाशित






























