back
CTIZAN AD

राष्ट्रियसभा अधिवेशन आजदेखि प्रारम्भ

वि.सं.२०८१ माघ १८ शुक्रवार

900 

shares

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाका सबै बैठकमा उपस्थित भई राष्ट्रियसभाप्रतिको जनअपेक्षालाई अझ उच्च तहमा पु¥याउन सबै तहबाट अहम् भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनको प्रारम्भमा सदस्यहरुलाई स्वागत गर्दै अध्यक्ष दाहालले सभा र समितिका कामकारबाहीलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्न विगतमा जस्तै स्वअनुशासित र स्वनियमनमा आधारित भई सुझबुझपूर्ण ढङ्गले आफूलाई क्रियाशील तुल्याउन आग्रह गरे ।

अध्यक्ष दाहालले भने, “यस सभालाई अझ उचाइमा पु¥याउन अहम् भूमिका निर्वाह हुनेछ भन्ने आशा र विश्वास लिएको छु ।” उनले राष्ट्रियसभामा हालसम्म दर्ता भएका ६५ विधेयकमध्ये ३४ विधेयक प्रमाणीकरण भइसकेका, १२ विधेयक सरकारले फिर्ता लिएको, पाँच विधेयक निष्क्रिय भएका र सभामा विचाराधीन १४ विधेयकमध्ये सात विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइएको जानकारी दिए ।

“तीन विधेयक यसै अधिवेशनमा दर्ता भएका, तीन विधेयक विधायन व्यवस्थापन समितिले पारित गरी सभामा प्रतिवेदन पेस गर्ने अवस्थामा रहेका, एउटा विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफलको करिब अन्तिम चरणमा रहेको छ”, अध्यक्ष दाहालले भने ।

सोह्रौँ अधिवेशनको अन्त्यपश्चात् विधायन व्यवस्थापन समितिका ३८ बैठक सम्पन्न भएका तथा समितिले मिडिया काउन्सिल विधेयक, २०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ पारित गरी प्रतिवेदन पेस गरिसकेको छ भने तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को प्रतिवेदन समितिबाट पारित भई सभामा पेस गर्ने तयारी छ । साथै नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ उपर दफावार छलफल भइरहेको छ ।

अध्यक्ष दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यतालिका छ ।

यसैगरी, अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने कार्यसूची छ ।

यसअघि बैठकको प्रारम्भमा लोकतन्त्र र प्रजातन्त्रका लागि योगदान ज्ञातअज्ञात सहिदको सम्मानमा एक मिनेट मौनधारण गरी उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गर्ने, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश पेस गर्नुहुने कार्यतालिका छ । प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गर्ने छन् ।

यसैगरी राष्ट्रियसभाको आजको कार्यसूचीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गर्ने छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ ।

यसैगरी, अध्यक्ष दाहालले पूर्वसभामुख दमननाथ ढुङ्गाना, संविधानसभा सदस्य रामजीप्रसाद शर्मा, संविधानसभा सदस्य अब्दुलहमिद सिद्धिकी र प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वमन्त्री प्रेमलाल (पिएल) सिंहको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यतालिका छ ।

वि.सं.२०८१ माघ १८ शुक्रवार १४:२९ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...