back
CTIZAN AD

सामुदायिक वनको दोहन रोक्न अनुसन्धान सुरु

वि.सं.२०८१ माघ २१ सोमवार

576 

shares

सिरहा । सडक निमार्णका लागि आवश्यक कच्चा सामग्री नियम विपरीत चुरे क्षेत्रका सामुदायिक वनबाट उत्खनन गरिरहेको गुनासो बढ्न थालेपछि डिभिजन वन कार्यालयले यससम्बन्धी अनुसन्धान सुरु गरेको छ ।

गोलबजार नगरपालिका–१० स्थित चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रबाट अवैध रुपमा माटो तथा ‘ग्राभेल’ उत्खनन गरी बिक्री गरेको विषयमा स्थानीयले केही दिनअघि विरोध गरेका थिए । स्थानीय भीमबहादुर थापासहित २६ जनाले प्राकृतिक स्रोत र साधनको अवैध दोहन भइरहेको भन्दै कारबाहीको माग गरी वडा कार्यालयमा निवेदन दिएक थिए ।

सोही आधारमा वडाले पनि वन कार्यालयसहितका निकायलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो । डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रले आफूहरुले जानकारी पाउनासाथ अनुसन्धान सुरु गरेको बताए । उनले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेकाले यस क्रममा दोषी देखिएका जो कसैलाई पनि कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “नियम विपरीत उत्खनन प्रक्रियामा संलग्न जो सुकै पनि कारबाहीको दायरामा आउँछन्, चाहे त्यो वन उपभोक्ता समितिका पदाधिकारी हुन् वा निर्माण व्यवसायीका प्रतिनिधि हुन्, चाहे जनप्रतिनिधि नै किन नहुन् ? हामीले अनुसन्धान सुरु गरिसकेका छौँ, दोषी देखिने सबै कारबाहीको दायरामा आउँछ ।”

गोलबजार–७ चोहर्वा बजारदेखि वडा नं १० धरमपुरको घुर्मीघाटसम्म बाटो निर्माण गरिरहेका कम्पनीलाई वन फँडानी गरेर माटो तथा ग्राभेल बिक्री गर्दै आएको स्थानीय थापाको भनाइ छ । रातको समयमा वनभित्रै स्काभेटर लगेर सखुवा(साल)को रूख ढाल्दै ग्राभेल उत्खनन गरी टिपरमा ओसार्ने गरिएको उनले बताए । उनले भने, “उत्खननका क्रममा ढलेको सालका रूख पनि टिपरमा ‘लोड’गरी स्थानीय काष्ठ उद्योगमा बिक्री हुने गरेको छ ।”

पछिल्लो समय सिरहामा राष्ट्रिय गौरवका योजनाका नाममा राष्ट्रिय वन, सामुदायिक वन, खोला तथा निजी आवादी जग्गाबाट अवैध रुपमा ग्राभेल उत्खनन गरी सडक निर्माण हुने क्रम बढ्दो मात्रामा रहेको स्थानीयको भनाइ छ ।

 

वि.सं.२०८१ माघ २१ सोमवार १२:५५ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...