back
CTIZAN AD

दुधकुण्ड नगरपालीक वडा न २ मा कांग्रेशबाट वडाध्यक्षमा शेर्पाको उम्मेदवारी

वि.सं.२०७४ जेठ १५ सोमवार

729 

shares

mingmar-dorje-sherpa

सोलुखुम्बु सल्लेरी : सोलुखुम्बु जिल्लाको एक मात्र नगरपालिका दुधकुण्ड नगरपालिका वडा न. २ को वडाअधक्ष्य पदमा नेपाली कांग्रेशको तर्फ बाट इमान्दार, कर्मठ तथा जुझारु युवा नेता मिङमार दोर्जी शेर्पाले उम्मेदवारी दिएका छन् । बिध्यार्थी जिबनकाल देखिनै नेबि संघमा आबद्ध भएर नेपाली कांग्रेशको सक्रिय राजनीति  सुरु गरेका मिङमार दोर्जी शेर्पा नेबि संघको जिल्ला सदश्य हुदै जिल्ला सभापति समेत भएका थिए त्यसै गरि नेपाली कांग्रेश बेनी गाउ ईकाई समितिको अधक्ष्य भएर पनि आफ्नो क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्न सफल युवा नेताको रुपमा शेर्पा परिचित छन ।

सधै जनताको कामलाई प्राथमिकता दिने, स्थानिय निकायलाई बलियो बनाउदै नगर बिकासमा साथै सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका नेपाली कांग्रेशको युवा नेता मिङमार दोर्जी शेर्पाले दुधकुण्ड नगरपालिका वडा न २ को वडा अधक्ष्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । सर्बाधिक वडाबासीको  रोजाइमा परेका स्पष्ट भिजन लिएर अगाडि बढेका  युवा नेता मिङमार दोर्जी शेर्पा स्थानिय तह देखि नेपाली कांग्रेशको केन्द्र सम्म पनि एक स्वच्छ छबि भएकी इमान्दार तथा कर्मठ युवा नेताको रुपमा परिचित छन ।

आफैमा दुधकुण्ड नगरपालिका एक पर्यटकिय, सास्कृतिक,  एतिहासिक नगरपालिका भएकोले यस क्षेत्रको सडक बिस्तार, शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक ,भौतिक, प्रविधि र साँस्कृतिक तथा जन चेतना स्तरको विकासमा लागि पनि सामाजिक अभियन्ता युवा नेता मिङमार दोर्जी शेर्पाको आबस्यकता रहेको र सम्पूर्ण वडाबासिहरुको माग समेत रहेको कुरा निकट श्रोतले जानकारी गराएको छ ।

हिमालयन बिकाश सस्थाको अधक्ष्य समेत रहेर गाउ स्तर देखि जिल्ला भरिनै अग्रणी सामाजिक अभियन्ता तथा राजनीतिक कार्यकर्ताको रुपमा परिचित शेर्पा पिछडिएका वर्गहरुको लागि पनि आफ्नो आवाजलाई बुलन्द बनाउदै आएका निडर युवा नेताको रुपमा जिल्ला भरि परिचित छन । शेर्पा भन्छन वडा बासीको हित तथा चाहना अनि वडा बिकाशको कामलाइ पहिले प्राथमिकता दिदै आफ्नो वडा तथा दुधकुण्ड नगरपालिकालाइनै एक नमुना नगरको रुपमा बिकाश गर्न पनि नेपाली कांग्रेशको चुनाब चिन्ह रुखमा मतदान गरि आफ्नो पार्टी र आफ्नो पार्टीको सम्पूर्ण उम्मेदवारहरु लाइ अत्याधिक बहुमतले बिजय गराउन समेत उनले आव्हान गरेका छन।

वि.सं.२०७४ जेठ १५ सोमवार १०:१९ मा प्रकाशित

सुनचाँदीको मूल्यमा केही गिरावट

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको...

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक...

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...