back
CTIZAN AD

हिउँदे वर्षा नहुँदा किसान समस्यामा

वि.सं.२०८१ माघ २४ बिहीवार

744 

shares

जुम्ला । जिल्लामा यस वर्षको हिउँद याममा वर्षा र हिउँ नपर्दा बाली सुक्दै गएपछि यहाँका किसान समस्यामा परेकाछन् । हिउँदे बाली सुक्न थालेको तिला गाउँपालिका– १ का स्थानीयवासी जय बुढाले जानकारी दिए ।

गाउँमा सिँचाइको सुविधा नहुँदा आकासे पानीको भरमा कृषकले खेतीपाती गर्दै आएकाछन् । लामो समयदेखि वर्षा नहुँदा किसानले लगाएका हिउँदे बाली सुक्न थालेको छ । यस याममा विशेषगरी स्याउका नयाँ विरुवा लगाउने समय होे । माघको अन्तिम साता भइसक्दा पनि वर्षा र हिउँ नपर्दा यहाँका किसानलाई सास्ती उनको भनाइ छ ।

जिल्लामा हिउँदे बालीको रूपमा गहुँ, जौ र विभिन्न तरकारी लगाइन्छ । हाल यी बाली वर्षा र हिउँ नपर्ला बारीमै सुक्न थालेपछि जिल्ल्लाका कृषक चिन्तित बनेकाछन् । विगतका वर्षहरूमा समय समयमा पानी तथा हिउँ पर्ने गरेको थियो । यो वर्षको समयमै वर्षा नहुँदा उब्जनीमा ह्रस आउने यहाँका किसानको भनाइ छ ।

विगतका वर्षहरूमा हरेक हिउँदमा हिउँ पर्ने गरेको थियो र उब्जनी धेरै हुन्थ्यो । तर पछिल्लो वर्षहरूमा हिउँ सारै कम परिरहेकोले उब्जनीमा समेत कमी भएको छ । सिँचाइको सुविधा नहुँदा हिउँदे बालीमा असर भइरहेको तिला गाउँपालिका–१ का वडाध्यक्ष जंग बहादुर बस्नेतको बताए ।

जिल्ला भर कुल दुई लाख ५३ हजार एकसय हेक्टर क्षेत्रफल जमिन रहेको छ । यसमा ३८ हजार चार सय ८६ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ भने २६ हजार चार सय ३५ हेक्टर क्षेत्रफलको जमिनमा खेती गरिएको छ । सिँचाइ गर्ने योग्य जमिन तीन हजार छ सय ५० रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ जुम्लाका प्रमुख खेमराज शाहीले जानकारी दिए । जिल्लाको कुल क्षेत्रफल मध्ये १५ दशमलव २१ प्रतिशत खेती योग्य जमिन रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाले जनाएको छ ।

खेतीयोग्य जमिनमध्ये हालसम्म आठ हजार ४४२ हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको छ भने बाँकी खेतीयोग्य जमिनमा क्रमशः सिँचाइका योजना निर्माण कार्य भइरहेको प्रमुख शाहले बताए । यसपालि हिउँदमा वर्षा नहुँदा देशभर कृषि क्षेत्रमा सबैभन्दा ठूलो असर पर्ने देखिन्छ । रासस/फाइल फोटो

वि.सं.२०८१ माघ २४ बिहीवार १३:२१ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...