back
CTIZAN AD

मधेश प्रदेशको सञ्चार ऐन संशोधनसम्बन्धी प्रतिवेदन बुझाइयो

वि.सं.२०८१ माघ २४ बिहीवार

504 

shares

जनकपुर । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई मधेश प्रदेशको संशोधनसहितको सञ्चार ऐनसम्बन्धी प्रतिवेदन आज बुझाइएको छ ।

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव नेतृत्वको टोलीले उक्त प्रतिवेदन बुझाएको हो । सो प्रतिवेदनमा प्रदेश सञ्चारसम्बन्धी ऐन २०७७ र प्रदेश एफएम रेडियो सञ्चालन ऐन २०७७ मा आवश्यक संशोधनसहितका विषय समावेश गरी मन्त्री लेखीलाई बुझाइएको प्राधिकरणका अध्यक्ष यादवले जानकारी दिए ।

उहाँका अनुसार दुवै विधेयकमा त्रुटि हुँदा कार्यान्वयनमा समस्या भएपछि मन्त्रिपरिषद्को गत असोज २१ गतेको निर्णयले संशोधन समिति गठन गरेको थियो । दुवै ऐन एक–अर्कासँग बाझिने अवस्था देखिँदा संशोधनसहित एकीकृत गर्ने तयारी भइरहेको यादवको भनाइ छ ।

प्रदेश सञ्चारसम्बन्धी ऐन २०७७ भदौ ६ गते प्रमाणीकरण भएको थियो भने प्रदेश एफएमरेडियोसम्बन्धी ऐन २०७७ साउन ५ गते प्रमाणीकरण भएको थियो ।

 

वि.सं.२०८१ माघ २४ बिहीवार १८:३१ मा प्रकाशित

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...

पेरिसमा अधिकारीका एकल काव्य साँझ

पेरिसमा अधिकारीका एकल काव्य साँझ

काठमाडौँ । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली...

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक...

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...