back
CTIZAN AD

पिपलडाँडा मा.वि साउन्दीको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

वि.सं.२०८१ माघ २५ शुक्रवार

2.8K 

shares

स्याङ्जा । श्री पिपलडाँडा माध्यमिक विद्यालय भीरकोट–९, साउन्दी स्याङ्जाले ५८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि समाजसेवी तथा भारतीय सेनाका सुबेदार तथा स्थानीय व्यक्ति भूपाल सारुले मानिसका सबैभन्दा ठूलो गहना अनुशासन भएको बताए । उनले अनुशासन नभएको मान्छे अपूर्ण र अपाङ्ग हुने भन्दे विद्यार्थीलाई अनुशासनमा बस्न आग्रह गरे ।

‘सन्तानको राम्रो हेरविचार गर्ने असल अभिभावकलाई विद्यार्थीलाई जस्तै पुरस्कृत गर्नु आवश्यक छ’, उनले भने, ‘कापी कलम नभएको जमानामा हामीले राम्रो नतिजा ल्याउँथ्यौ । तपाइहरूको जमानामा प्रविधि छ । प्रविधिको समेत सही उपयोग गरेर अधिकतम नतिजा ल्याउनुहोस् ।’

यस्तै अभिभावक सङ्घका अध्यक्ष पदम बहादुर सिङ्जालीले विद्यालयको शैक्षिक तथा भौतिक उन्नतिका लागि अभिभावकहरू निरन्तर सहयोग गर्न अग्रसर रहने बताए । उनले पिपलडाँडा मा.विलाई जिल्लामै शिक्षक गन्तव्यको हब बनाउन अभिभावक, शिक्षक तथा विद्यार्थी एकजुट हुनुपर्नेमा जोड दिए ।

वार्षिकोत्सव समारोहमा विद्यालयको शैक्षिक विकासमा सहयोग गर्ने सहयोगदातालाई सम्मान, देउसी भैलो २०८१ मा सहयोग गर्नेहरूलाई सम्मान, अक्षयकोष अन्तर्गतको ब्याज रकमबाट गरिब तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण, दोस्रो त्रैमासिक परीक्षा २०८१ को नतिजा प्रकाशन र पुरस्कार वितरण, वार्षिकोत्सव लक्षित अतिरिक्त क्रियाकलापका विजेताहरूलाई पुरस्कार लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।

विद्यालयकी शिक्षिका छमाकला पंगेनी ‘रोजिता’ले सम्मानित हुने र पुरस्कृत हुनेहरूलाई खादा, माला, मेडल र प्रमाणपत्रले सम्मान गरिएको बताइन्  । शिक्षिका पंगेनीका अनुसार विद्यालयका सेवा निवृत्त शिक्षक राम प्रसाद रेग्मी, विद्यालयमा अध्ययन गरी लोक कलाकारको रूपमा उदाउँदै गरेका रोशन बि.वि, त्यसैगरी भैलो देउसी कार्यक्रममा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गरेका जमानसिंह बि.क, खड्कसिंह बि.क र तारा बहादुर थापालाई विद्यालयले सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रोमाकान्त न्यौपानेले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक तारापति रेग्मी र प्रकाश न्यौपानेले गरेका थिए ।

वि.सं.२०८१ माघ २५ शुक्रवार १२:०६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...