back

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

वि.सं.२०८१ माघ २९ मंगलवार

279 

shares
GLOBAL IME AD
NTC AD

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको पालना गर्दै संयुक्त राज्य अमेरिकाभित्र यसको नक्सा प्लेटफर्म प्रयोग गर्नेहरूका लागि ‘गल्फ अफ मेक्सिको’ को नाम ‘गल्फ अफ अमेरिका’ मा परिवर्तन गरेको छ ।

संयुक्त राज्य अमेरिका बाहिरका प्रयोगकर्ताहरूले अन्य विवादित स्थानहरूको जस्तै ‘गल्फ अफ मेक्सिको’ को मौलिक र नयाँ दुवै नाम देख्नसक्ने गुगलले एक ब्लग पोस्टमा लेखेको छ ।

“अमेरिकामा नक्सा प्रयोग गर्ने मानिसहरूले ‘गल्फ अफ अमेरिका’ देख्नेछन् र मेक्सिकोका मानिसहरूले ‘गल्फ अफ मेक्सिको’ देख्नेछन् । अरू सबैले दुवै नाम देख्नेछन्”, गुगलले लेखेको छ ।

गुगलले भौगोलिक नाम सूचना प्रणालीमार्फत आधिकारिक अमेरिकी सरकारी भौगोलिक पदनामहरूको पालना गर्ने आफ्नो नीतिसँग यो परिवर्तन मेल खाने बताएको छ ।

पद सम्हालेपछि ट्रम्पले ‘गल्फ अफ मेक्सिको’को नाम परिवर्तन गर्ने मात्र नभई अमेरिकाको सबैभन्दा अग्लो शिखर डेनालीको नाम पूर्ववत् माउन्ट म्याकिन्ले गर्ने कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए ।

सन् २०१५ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले अलास्का पर्वतलाई डेनालीको रूपमा आधिकारिक मान्यता दिएका थिए । यो नाम अलास्काका आदिवासीहरूले शताब्दीयौँदेखि प्रयोग गर्दै आएका थिए ।

ट्रम्पको पुनःनामकरणले डेनाली नाम कायम राख्न लामो समयदेखि वकालत गर्दै आएका अलास्काका आदिवासी समूहहरूको आलोचना र मेक्सिकोसँग कूटनीतिक चिन्ता उब्जाएको छ ।

मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले सन् १८४८ मा संयुक्त राज्य अमेरिकाले आफ्नो देशको एक तिहाइ भाग कब्जा गर्नुभन्दा पहिलेको नक्सातिर औँल्याउँदै संयुक्त राज्यलाई ‘मेक्सिकन अमेरिका’ भन्न सुझाव दिएका थिए । एएफपी

वि.सं.२०८१ माघ २९ मंगलवार १४:२९ मा प्रकाशित

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले इजाजत प्राप्त नगरेका...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

काठमाडौं ।  ग्लोबल आइएमई बैंकका ग्राहकले पाल्पाको लुम्बिनी मेडिकल कलेजमा...

पृथ्वी राजमार्गको अवरोध हट्यो

पृथ्वी राजमार्गको अवरोध हट्यो

डुम्रे (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डको विस्तारको काम तीव्र...

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

बैतडी । दोगडाकेदार गाउँपालिका–७ मा ५० टन क्षमताको शीतभण्डार (कोल्ड...