back
CTIZAN AD

कोरियाको भाषा परिक्षा अब मोबाइल एपबाटै दिन सकिने

वि.सं.२०७४ जेठ १६ मंगलवार

975 

shares

१६ जेठ, काठमाडौँ । आगामी जेठ २६ र २७ गते हुन लागेको कोरियामा रोजगारीका लागि अनिवार्य रहेको भाषा परीक्षा (इपिएस टपिक) को तयारी मोबाइलबाटै गर्न सकिने गरी निःशुल्क मोबाइल एप तयार भएको छ।

उरी कन्सलटेन्सीले एन क्लाउड र साइबर लिङ्कसँग सहकार्य गरी तयार पारेको यो एपमा इपिएस टपिक परीक्षामा जस्तै सुनाइ र पढाइका प्रश्नहरु र सम्भावित उत्तर राखिएका छन्।

‘इपिएसमा जस्तो किसिमले प्रश्न सोध्ने गरिन्छ, त्यही शैलीमा हामीले एपमा प्रश्नहरुको सेट राखेका छौँ,’ उरी कन्सलटेन्सीका उदेश श्रेष्ठ भन्छन्, ‘एप चलाएर सजिलै टेस्ट दिन सकिन्छ, टेस्ट दिने बित्तिकै यसको रिजल्ट तपाईँले हेर्न सक्नुहुन्छ। यसले तपाईँलाई वास्तविक इपिएस परीक्षाका लागि आत्मविश्वास पनि जगाउँछ।‘

‘हामीले पहिले प्रिमियम एप बनाएका थियौँ जसका शुल्क तिर्नुपर्थ्यो’ एनक्लाउडका दीपेन्द्रनारायण श्रेष्ठ भन्छन्, ‘अहिलेको एप डाउनलोड गर्न चलाउन भने कुनै शुल्क तिर्नुपर्दैन।’

छोटो समयमै लोकप्रिय यो एप हाललाई एण्ड्रोइड फोनहरुमा मात्रै उपलब्ध रहेको र निकट भविष्यमा आइफोन प्रयोगकर्ताहरुलाई लक्षित गरी निर्माण गरिने उनले बताए।

उनका अनुसार लेबर कन्ट्र्याक्ट,रोजगार अनुमति लगायत इपिएससँग सम्बन्धित सबै समाचार पनि यही एपमार्फत् थाहा पाउन सकिने व्यवस्था गरिने छ।

यो एप गुगल प्लेस्टोरमा उरी इपिएस टपिक टेस्ट (Woori EPS TOPIK Test) सर्च गरी डाउनलोड गर्न सकिन्छ।

थप जानकारी आवश्यक भएमा
उदेश श्रेष्ठ, उरी कन्सलटेन्सी, 9803719505
दीपेन्द्रनारायण श्रेष्ठ, एनक्लाउड, 9851007937

वि.सं.२०७४ जेठ १६ मंगलवार ०३:२१ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्की । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

सवारी दुर्घटनामा युवकको मृत्यु, एक जना घाइते

सवारी दुर्घटनामा युवकको मृत्यु, एक जना घाइते

सिद्धार्थनगर (रुपन्देही) । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा...

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर तथा झापा क्षेत्र नं।–...

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ–आफ्नो जिल्लातार्फ...

गोर्खामा नेपाली काँग्रेसलाई सहयोग गरेको समाचार भ्रामक : प्रलोपाका नेता श्रेष्ठ

गोर्खामा नेपाली काँग्रेसलाई सहयोग गरेको समाचार भ्रामक : प्रलोपाका नेता श्रेष्ठ

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले गोर्खा जिल्लामा नेपाली काँग्रेसलाई सहयोग...