back
CTIZAN AD

प्रदेशमा रहेका अव्यवस्थित बसोबासलाई व्यवस्थित गरिने

वि.सं.२०८१ फागुन ५ सोमवार

549 

shares

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अव्यवस्थित बसोबासलाई व्यवस्थित गरिने बताएका छन् । भूमि समस्या समाधान आयोग प्रदेश समितिद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशमा रहेका भूमिहीन र सुकुम्वासी तथा अव्यवस्थित बसोबासलाई समाधान गर्न सरकारले आयोग बनाएको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले भने, “भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश-२०८१ बहुमतका आधारमा पारित हुन्छ ।”

त्यसअवसरमा नेपाली कांग्रेसका प्रदेश अध्यक्ष एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले आयोगप्रति जनताको धेरै चासो रहेकाले जिम्मेवारीका साथ भूमिहीनको समस्या समाधान गर्न सुझाव दिए ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले तीन तहका सरकारको आपसी समन्वयबाट विगतदेखि रहेको सुकुम्वासी एवं अव्यवस्थित बसोबासको समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले भूमिसम्बन्धी समस्या समाधानबाट मुलुकमा आर्थिक चलायमान, उद्यमशीलताको विकास र रोजगारी सिर्जना हुने विचार राखे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले तराई र पहाडी क्षेत्रमा रहेका भूमिहीनको समस्या समाधानबाट सुकुम्वासीको मुहारमा खुसी आउने धारणा राखे ।

आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, प्रदेश अध्यक्ष अनिलकृष्ण प्रसाईं, प्रदेशसभा सदस्य गीता तिमिसिनाले आगामी तीन वर्षभित्र संविधानअनुसार मुलुकमा रहेका अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधान हुने विश्वास जनाइन् ।

मुलुकभर १० लाख ९७ हजार २९८ र कोशी प्रदेशमा दुई लाख ३० हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरु रहेका सोही अवसरमा जानकारी दिइयो । अभिमुखीकरण कार्यक्रममा आयोगका १४ जिल्ला अध्यक्ष एवं सदस्यहरुको सहभागिता छ । रासस

वि.सं.२०८१ फागुन ५ सोमवार १४:५२ मा प्रकाशित

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई...

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चार स्थान (साइट)...

बेसिनका माछा सेवन नगर्न आग्रह

बेसिनका माछा सेवन नगर्न आग्रह

काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशी बेसिन नदीका माछा एवं नदीजन्य...