back
CTIZAN AD

अर्जुन चौपारीमा नवग्रह मन्दिर निर्माण : संस्कृति मन्त्रीले उद्घाटन गर्ने

वि.सं.२०८१ फागुन ५ सोमवार

1K 

shares

स्याङ्जा । नेपालकै पहिलो नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान एवं धार्मिक महोत्सव मङगलबार देखी शुरु हुदै छ । अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक वनमा निर्माण १४४ बर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रीको अवसर पारेर यहाँ प्राण प्रतिष्ठा तथा अनुष्ठान र धार्मिक महोत्सब गरिएको हो ।

मङगलबारबाट १४ गते सम्म चल्ने नव्रह मन्दिरको अनुष्ठान तथा धार्मिक महोत्सवमा एक करोड २५ लाख दिप प्रज्वलन, चार बेदको पाठ पारायण, गायत्री मन्त्रद्धारा सवालाख हवन, आर्मिक अन्र्तक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन गरिने छ ।

विरलै आउने महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुने हुँदा यसै अवसरमा अनुष्ठान सम्पन्न गर्ने गरी पालिकाले नवग्रह मन्दिरको निर्माण गरिएको हो । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्दिरको उद्घाटन गर्ने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।

मङगलबार बिहान साढे १० बजे नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठानको मन्त्री पाण्डेले शुभारम्भ गर्नेछन् । प्राण प्रतिष्ठा तथा अनुष्ठान एवं धार्मिक महोत्सवमा आचार्य श्री चैतन्वय कृष्ण महाराज गूरु प्रमुख बाचक रहने प्राण प्रतिष्ठा तथा अनुष्ठानमा राधिका दाशी, केएन स्वामी, लोकानन्द स्वामी लगायतले धार्मिक प्रवचन र देवी घर्ती, राजु ढकाल, खुमन अनधिकारी लगायतका राष्ट्रिय कलाकारले मनोरञ्जन दिने छन् ।

पूर्व उपकुलपति प्राध्यापक केदारभक्त माथेमा राससलाई अन्तर्वार्ता दिनुहुँदै
काठमाडौँ, ५ फागुनः
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक केदारभक्त माथेमा राष्ट्रिय समाचार समिति राससलाई राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा अन्तर्वार्ता दिनुहुँदै । तस्बिरः रासस

बेद पारायणको लागि बनारसबाट आए गुरु

नेपालमै पहिलो पटक बनेको नवग्रह मन्दिरमा प्राण प्रतिष्ठा तथा अनुष्ठानमा चार बेदको पाठ पारायण गरिने छ । पाठ पारायणको लागि भारतको बनारसबाट बैदिक गुरुहरु आएको पालिकाले जनाएको छ । बेद पाठ पारायणको लागि एक भारतिय सहित बानरसमा अध्यन गर्ने तीन जना गुरु आएका छन् ।

दैनिक दुई हजारलाई खाना, पाँच हजारलाइ प्रसाद

अनुष्ठानमा आउने भक्तजनको लागि खाना तथा खाजाको ब्यवस्था निःशुल्क गरिएको छ । यहाँ दुई हजारलाई खानाको ब्यवस्था गरिएको छ ।

यस्तै मन्दिरमा पूजाआराधानाको लागि आउने ्पाँच हजार भक्तजनलाई प्रसादको ब्यवस्था गरिएको छ । मन्दिरमा पूजाको लागि आउने भक्तजनलाई अवलोकनको लागि गाईडको ब्यवस्था समेत पालिकाले गरेको छ ।
यहाँ आउने अतिथिलाई रुद्राक्षको माला ब्यवस्था गरिएको छ भने यहाँ आमा समुह, पालिका कर्मचारी, क्लब र सम्पूर्र्ण पालिकाको बासीको सफल बनाउन सक्रियता रहेको छ ।

कस्तो छ नवग्रह मन्दिर ?

नेपालमा ग्रहकै मात्र पूजा गरिने मन्दिर नभएको अवस्थामा यहाँ पहिलो पटक नवग्रह मन्दिर निर्माण गरिएको हो । घर तथा शक्तिपीठको एक नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएकोमा नेपालमै नवग्रह मन्दिरको दर्शन तथा पूजा अर्चना गर्न पाइने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । एक सय ५७ रोपनी अर्थात आठ हेक्टर क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभुज आकारको आकाश तर्फ फर्केको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ ।

पिलरको सबै भन्दा माथी आकाश फर्काएर सौर्यमण्डलिय ब्रमाण्डको प्रतीक राखिएको छ भने यहाँको प्रतीमा हिन्दुधर्मका कहलीएका धार्मिक ज्योतिषीको निर्देशनमा नवर्दा नदिको शिलाबाट भारतमा बनाइएको हो ।

पिलरको १४ फिटमा सुर्य, शुक्र, केतु, चन्द्र, मङगल, बुध, शनि, बृहस्पती र राहुका प्रतीक राखिएको छ भने पिलरको नौ वटा भुजामा ग्रह अनुसारका रङ लगाइएको छ । नवग्रह मन्दिरसँगै षट्कोण शिवालय बनाइएको छ भने षट्कोण शिवालयको बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङग(सात क्वीन्टलक) र कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्ति राखिएको छ ।

यस मन्दिरमा षट्कोण शिवालयको एक छेउबाट प्रवेश गरेर गणेश, कुलदेवता(तेलको पोखरी), स्ष्टदेवताको पूजा गरेर बीचमा रहेको पञ्चमुखी शिवलिंगको दुई पटक घुमेर पूजा गरेसँगै हनुमान, लक्ष्मी, कालाभैरवको पूजा गरेर बाहिर निस्किने बनाइएको छ ।

षट्कोण शिवालयको पूजा पश्चात देवरे छेउँबाट हिडेर करिब तीन सय मिटर टाढा रहेको बर्षौ देखी पूजा अर्चना गरिदै आएको पञ्चकन्याको मन्दिरको दर्शन गरिने छ । त्यस पश्चात विपरितबाटो दियो आकारको पूर्व तर्फ फर्केको नवग्रहमन्दिर पुगिने छ । नौ चक्रमा रहेको मन्दिरको एक ठाउँबाट छिरेर परिक्रमा सहितको पूजा गरेपछि सुरुङबाट बाहिर निस्कने छ ।

यहाँ नव्रग्रह यन्त्र, शिवयन्त्र र एक मण्डला समेत निर्माण गरिएको छ भने यस मन्दिरमा विवाह नहुने हुदाँ सँगै रहेको राधाकृष्ण मन्दिरको मर्मत समेत गरिएको छ । यहाँ षट्कोण शिवालयका मुर्तिको अस्तित्वमा रहेको कर्णको मुर्ति नवग्रह तर्फ फर्कायर करिब तीन सय मिटर पूर्वको जंगलमा राखिएको छ ।

नवग्रह मन्दिर शनिबार मात्र खुला हुनेछ भने नौमध्ये एक चक्रमा भने हरेक दिनमा पनि पूजा गर्न सकिने छ । सौर्यमण्डलिय ब्रमाण्डको मुर्ति भने हरेक बर्षको गणेश चतुर्थीमा हेर्न पाइने छ भने सो दिन पालिका नै बिदा गरेर पूजा गरिने पालिकाले जनाएको छ ।

षट्कोण् शिवालय, नवग्रह तथा यहाँ हिड्ने बाटोमा स्थानिय ढुड्ढा बिच्छाएर कलात्मक बनाइएको छ भने दुबो बिच्छाएर हरिया र सन्दर बनाइएको छ ।

मूल नवग्रह मन्दिर पालिकाको वडा नं –१ मा रहेपनि अन्य नौ वटा निशान प्रतीमाहरू पालिकाका अन्य पाँच वडा तथा भौगोलिक स्वरुप ब्रम्हाणीय स्वरूपमा घुमेर रहेको भीरकोटको वडा नं –७, पुतलीबजार न.पा –१३, १४ र आँधीखोला गापा–१ मा निशान प्रतिमाहरूलाई आलोपालो पूजा गर्ने प्रबन्ध मिलाइने छ भने नौ बर्षमा सबै निशानहरु पहिलाको ठाउँमा पुग्ने छन् ।

नव्रग्रह मन्दिर बनेको यस जल बराह धार्मिक वन भित्र ग्रह अनुसारका बिरुवा समेत रोपिखएको छ । प्रदेश सरकारको विशेष अनुदान ४० लाख र गाउँपालिकाको १९ लाख तथा प्रधानमन्त्री रोजगार श्रमबाट नेपालकै पहिलो नवग्रह मन्दिर निर्माण गरिएको हो ।

देशकै पहिलो नयाँ खालको नवग्रह मन्दिर बनेसँगै यो धार्मिक पर्यटकिय गन्तब्य बन्ने विश्वस्त रहेको तिवारीको भनाई थियो ।

 

वि.सं.२०८१ फागुन ५ सोमवार १५:०२ मा प्रकाशित

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको...

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...