back
CTIZAN AD

वर्तमान संविधानको महत्वपूर्ण जग प्रजातन्त्रः मुख्यमन्त्री कँडेल

वि.सं.२०८१ फागुन ७ बुधवार

693 

shares

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको संविधान २०७२ को महत्वपूर्ण जग प्रजातन्त्र भएको जनाएका छन् ।

आज ७५औं प्रजातन्त्र स्थापना दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताएका हुन् ।

उनले आजको नेपाली जनताको लामो त्याग, बलिदान र समर्पणबाट मुलुकमा प्रजातन्त्रको स्थापना भएको बताए । शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कँडेलले भनेका छन् , “नेपालको इतिहासमा आजको दिन गौरवपूर्ण छ, यसले हामी सबैलाई लोकतान्त्रिक मूल्य, मान्यता अबलम्वन गर्दै जनताका आशा अपेक्षा पूरा गर्नेतर्फ अगाडि बढ्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु ।”

त्यसैगरी उनले राज्य शक्तिको स्रोत जनता मात्र भएकाले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्ने बताएका छन् । लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा जनता आफैले संविधान बनाएको उल्लेख गर्दै उनले वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने बिर्सन नहुने जनाएका छन् ।

नेपाली जनताको सात दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानले लिएको यो लक्ष्य जनस्तरमा परिवर्तनको महसुस गराउन सकेमात्र यो व्यवस्था दिगो हुने बताउँदै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना मुख्यमन्त्री कँडेलले गरेका छन् ।

 

वि.सं.२०८१ फागुन ७ बुधवार १५:०२ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...