back
CTIZAN AD

देवचुलीमा क्षयरोगको निर्मुलको लागि अभिमुखीकरण तालिम सम्पन्न

वि.सं.२०८१ फागुन ८ बिहीवार

738 

shares

देवचुली । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र गण्डकी प्रादेशिक अस्पताल पोखराको आयोजनामा देवचुलीमा क्षयरोगको निर्मुलको लागि अभिमुखीकरण तालिम सम्पन्न भएको छ । देवचुली नगरपालिका १५ स्थित वडा कार्यालयमा आज बिहान क्षयरोग (छाती रोग)को एक्सरे प्रबिधि द्वारा निशुल्क चेक जाँच गर्ने एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको हो ।

देवचुली नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका घोषणा गर्नका लागि यो कार्यक्रम सन्चालन गरिएको नगरपालिकाले जनाएको हो । सो कार्यक्रमको प्रमुख अतिथि प्रादेशिक क्षयरोग केन्द्र पोखराका फोकल पर्सन राजेन्द्र रानाभाटको प्रमुख आतिथ्यतमा सम्पन्न गरिएको कार्यक्रममा देवचुली नगरपालिकाका स्वास्थय शाखा प्रमुख रामकुमार श्रेष्ठले क्षयरोगको बारेमा प्रोजेक्टरको माध्यमबाट जानकारी दिएका थिए ।

सो कार्यक्रममा १५ वडाका जनप्रतिनिधि, टोल विकास सस्थाका प्रतिनिधि स्थानीय आमा समूह, स्वास्थय स्वयंसेविका पत्रकारहरु उपस्थिती रहेको थियो । सो कार्यक्रमको अध्यक्षता कार्यवाहक वडा अध्यक्ष प्रेम प्रसाद खनालले गरेका थिए भने फागुन ११ गते हुने निशुल्क स्वास्थ्य शिविरमा सबै जना लाई उपस्थित हुन र लाभ लिन समेत अनुरोध गरिएको थियो ।

वि.सं.२०८१ फागुन ८ बिहीवार १३:२२ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...