back
CTIZAN AD

आज फागुन १० गते शनिबार, हेर्नुहोस् राशिफल कस्तो छ त तपाईको आजको दिन ?

वि.सं.२०८१ फागुन १० शनिवार

1.3K 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्न सक्छ। साँझदेखि स्थितिमा सुधार आउनाले कर्मको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रियजनसँग भेटघाट हुनेछ। तर विचार नमिल्नाले आफ्नैसँग वादविवाद हुन सक्छ। प्रेमको बन्धन कमजोर बन्ने समय छ। उधारो व्यापार गर्नुपर्ला। आँटेको यात्रा रोकिन सक्छ। काम बिग्रनाले अलि दुःख पाइनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा साँझतिर आंशिक लाभ उठाउन सकिनेछ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। साँझतिर व्यापारमा राम्रो फाइदा हुनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। प्रियजनसँगको भेटघाटले साँझ रमाइलो रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
काममा केही अलमल हुन सक्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। परिस्थितिवश लक्ष्यमा पुग्न विलम्ब हुनेछ। अपराह्नतिर नयाँ कामतर्फ अग्रसर भइनेछ। तर भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिएकाले सजग रहनुहोला। प्रतिस्पर्धीहरूबाट पनि अलि जोगिएर काम लिनुपर्ने समय छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्न सक्छ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। साँझतिर केही होसियारपूर्वक काममा जुट्नुहोला। अरूको समस्या सुल्झाउने प्रयास गर्दा आफैंलाई समस्या पर्न सक्छ। परिणाम अध्ययन नगरी लिइएको निर्णयले समस्या पर्न सक्छ।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झाउन सकिनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
अध्ययनमा त्यति समय दिन नसकिएला। प्रतिस्पर्धीहरूले वादविवादमा फसाउन सक्छन्, सजग रहनुहोला। मिहिनेतले केही नयाँ काम गर्ने अवसर भने दिलाउन सक्छ। दिउँसोदेखि प्रतिस्पर्धीहरूले अलि दुःख दिनेछन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। प्रतिस्पर्धीहरू जाग्नेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर आए पनि कामले पछि परिने समय छ। अरूका काम र भेटघाटमा अलमलिनुपर्ला। आफ्नो क्षेत्रमा अरूले प्रभुत्व जमाउन सक्छन्, सावधान रहनुहोला। अपराह्नतिर विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ। अवसरवादीहरूले आफ्ना कमजोरीबाट लाभ उठाउने चेष्टा गर्नेछन्। अनावश्यक वस्तु किन्नाले खर्च बढ्नेछ।

धनु –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पछिका लागि केही वस्तु त्याग्नुपर्ला। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। टाढाका साथीहरूसँगको भेटघाटले खुसियाली छाउनेछ। कर्जामार्फत धन जुट्नेछ। अपराह्नमा पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना प्रारम्भ गर्ने अवसर जुट्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। साँझदेखि सरसापटमा सञ्चित धन बाहिरिने सम्भावना छ। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। साँझतिर व्यापारमा फाइदा हुनेछ। तर महत्त्वाकांक्षाले केही समस्या पनि निम्त्याउन सक्छ, सजग रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। साँझतिर सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ।

२०८१ फागुन १० गते, शनिवार, २२ फेब्रुवरी २०२५
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

आज फागुन ९ गते, शुक्रवारको राशिफल भन्छ यी ६ राशिकालाई हुनेछ विशेष लाभ !

वि.सं.२०८१ फागुन १० शनिवार ०४:५१ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...