back
CTIZAN AD

मकैको बीउ उत्पादन गर्दै गाउँपालिका

वि.सं.२०८१ फागुन ११ आइतवार

657 

shares

कमलामाई (सिन्धुली) । कोही परिवारसँग भलाकुसारी गर्दैछन् । कतिपय साथीभाइसँग खानपिन र घुमघाममा रमाइरहेका छन् । शनिबारको दिन अधिकांश कर्मचारी सार्वजनिक बिदामा छन् । तर हरिहरपुरगढी गाउँपालिकाको कृषि शाखामा कार्यरत कर्मचारीलाई भने सार्वजनिक बिदाको कुनै प्रवाह छैन ।

‘रामपुर हाइब्रिड–१०’ मकैको बीउ उत्पादनका लागि खेतमै खटिरहेका देखिन्छन् । गाउँपालिकाको कार्यालय परिसरमा रहेको २२ कट्ठा जमिनमा हाइब्रिड मकैको बीउ उत्पादन गर्न लागिएको हो । यसका लागि भाले प्रजनन लाइन (आरएमएल १८) र पोथी प्रजनन लाइन (आरएमएल १५०) छरिएको छ । मङ्सिरको पहिलो हप्तामा छरिएका बीउ अहिले जवान बोटमा परिणत भइसकेका छन् ।

यसका साथै पोथी प्रजनन लाइनमा उम्रिका ‘धानचमरा’ हटाउनुपर्ने छ । हाइब्रिड मकैको बीउ उत्पादन गर्दा भाले लाइनको मात्रै परागसेचन आवश्यकता पर्छ, त्यसैले पोथी प्रजनन लाइनमा उम्रिएका धानचमरा हटाउनुपर्छ । मकैको भाले फूललाई धानचमरा भनिन्छ । निश्चित समयभित्र पोथी लाइनमा उम्रिएका धानचमरा हटाइसक्नु पर्ने भएकाले कृषिका कर्मचारीहरू यस कार्यमा सार्वजनिक बिदाको समेत प्रवाह नगरी जुटेका हुन् । सो कार्य गर्न मकैका लहलहाउँदा बोटहरूले उनीहरूलाई उत्साहित बनाएको छ ।

कर्मचारीहरूकाअनुसार धानचमरा हटाउँदा विशेष सावधानी अपनाउनु पर्छ । बाँया हातले धानचमराको फेद बलियो गरी समातेर दायाँ हातले एकै झट्कामा थुत्नुपर्छ । थुतिएका धानचमरा तुरुन्तै बोरा वा थैलामा राखेर त्यसको व्यवस्थापन गर्नुपर्छ ।

‘रामपुर हाइब्रिड–१०’ मकैको बीउमा उत्पादन क्षमता राम्रो हुने भएकाले यसको बीउ उत्पादन गरी स्थानीय किसानलाई वितरण गर्ने योजना छ । यसले सिन्धुली जिल्लालाई नै मकै उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने गाउँपालिकाका कृषि अधिकृत प्रवेश देवकोटाले बताए ।

“मकैको दानाको अत्यधिक माग भएकाले परम्परागत खेती विधिबाट मात्र यो माग पूरा गर्न सम्भव छैन । यस समस्याको समाधानका लागि हाइब्रिड मकैलाई विकल्पको रूपमा अपनाइएको छ, यसले झन्डै दोब्बर उत्पादन दिन्छ”, उनले भने ।

प्रदेश बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र बागमती प्रदेश, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवन, कृषि विकास कार्यालय सिन्धुली र हरिहरपुरगढी गाउँपालिकाको संयुक्त प्रयासले हाइब्रिड मकैको बीउ उत्पादन कार्य सुरु गरिएको हो ।

स्वदेशमा नै हाइब्रिड मकैको बीउ उत्पादन गर्न सकेमा बिउ खरिदको लागि खर्च हुने ठूलो धनराशि जोगाउन सकिने भएकाले हरिहरिपुरगढीमा मकैको हाइब्रिड बीउ उत्पादन लार्ज प्लट राखिएको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हेटौँडाका प्रमुख राजन ढकाल बताए । उनका अनुसार नेपालमा हाइब्रिड मकैको बीउ आयातमा हरेक वर्ष ठूलो रकम खर्च हुने गरेको छ ।

हरिहरपुरगढी गाउँपालिकामा मकैको हाइब्रिड बीउ उत्पादन कार्यले सफलता पाउन लागेकामा गाउँपालिका प्रमुख वज्रध्वज वाइवाले खुसी व्यक्त गर्दै भने, “हरिहरपुरगढीलाई हाइब्रिड मकैको बीउ उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने हो । पहिला हरिहरपुरगढीमा धानबाहेक अरु पाइँदैन भन्ने थियो । अब मकैको बीउ पनि खरिद गर्न आउने बनाउँछौँ ।”

आफ्ना पालिकाका किसानलाई भने मकैको बीउ निःशुल्क उपलब्ध गराइने योजना रहेको उनले सुनाए । मकैखेतीको क्षेत्र विस्तार गर्दै यसको उत्पादनमा वृद्धि गरेर स्थानीय किसानको आम्दानी बढाउने गाउँपालिकाको लक्ष्य छ । बाहिरबाट बीउ खरिद गर्ने झन्झटबाट बच्न र मकैखेतीको लागत घटाउन सहयोग पुग्नेमा स्थानीय किसान आशावादी भएका छन् ।

नेपालमा मकैखेती तराईदेखि उच्च पहाडसम्म हुने गरेको छ । मकै खासगरी वसन्त ऋतु (फागुन-चैत), वर्षायाम (जेठ-असार) र हिउँद (असोज–कात्तिक) तिर लगाउने चलन छ । नेपालको मकैखेती गर्ने कुल क्षेत्रफलमध्ये करिब २० प्रतिशत क्षेत्रफल हाइब्रिड मकैले ओगटेको अनुमान गरिएको छ र अझै हाइब्रिड मकैको क्षेत्रफल दिनप्रतिदिन तराई र भित्री मधेसमा मात्र नभएर मध्यपहाडी क्षेत्रमा पनि व्यापक रूपले विस्तार हुँदै गइरहेको छ । रासस

वि.सं.२०८१ फागुन ११ आइतवार ०८:२५ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...