back
CTIZAN AD

औद्योगिक क्षेत्रको विकासका लागि लगानी वृद्धि गर्न सरकारसँग माग

वि.सं.२०८१ फागुन १३ मंगलवार

576 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले राष्ट्रिय अर्थतन्त्रलाई दिगो र रोजगारीमुखी बनाउन औद्योगिक क्षेत्रको विकासका लागि लगानी वृद्धि गर्न सरकारसँग माग गरेको छ ।

पार्टीको सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भुसालले युवा जनशक्ति विदेश पलायन हुनेक्रम बढेकाले मुलुकमा कृषिको संरक्षण र उद्योगको विकास गरी रोजगारीको उपयुक्त अवसर सिर्जना गर्न आग्रह गरे । उनले मुलुकमा गरिब जनताको जीवन कष्टकर हुँदै गएकाले जनजीविका सुधार गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र आयआर्जन वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरे ।

बैठकले लाखौँ जनताको सहकारीमा राखिएको बचत फिर्ता गर्न सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीलगायत वित्तीय क्षेत्रका भ्रष्टलाई नियन्त्रणमा लिइ अविलम्ब कडाभन्दा कडा कारबाहीको माग गरेको छ । वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै पार्टी जनतामाझ जाने निर्णय गरेको महासचिव भुसालले जानकारी दिए ।

भारतको ओडिसा राज्यको कलिङ्गा इन्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणप्रति सरकारको ध्यानाकर्षण गराइएको उनले बताए । बैठकले मृतकप्रति श्रद्धाञ्जली तथा घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र भारतमा नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूतिका लागि आवश्यक पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

सबै किसानको दूध र उखुको भुक्तानी तत्कालै गर्न बैठकले माग गर्दै जाजरकोटसहित पश्चिमका भूकम्पपीडित जनताको आवास पुनर्निर्माण प्रक्रिया अगाडि बढाउन, गत असोज १०–१२ को भारी वर्षाका कारण भएका भौतिक क्षतिको पुनःनिर्माण गरी बिपी राजमार्गलगायत स्थानमा यातायात पुनःसञ्चालन गर्न आग्रह गरेको महासचिव भुसालले उल्लेख गरे ।

बैठकले संसद्मा छलफलमा रहेका विद्यालय शिक्षा विधेयक र निजामती सेवासम्बन्धी विधेयककाबारेमा विज्ञसँग छलफल गरी ऐन निर्माणको प्रक्रियालाई अगाडि बढाउन सम्बन्धित पक्षसँग आह्वान गरेको छ ।

यही फागुन ९ र १० गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकमा केन्द्रीय कमिटीका दुई सय ९८ सदस्य उपस्थित बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, विनियमहरु, विभिन्न निर्देशिकाहरू, महाधिवेशनको सामान्य समीक्षा, पार्टीको तत्कालिक कार्ययोजना र पार्टीका तत्कालिक सङ्गठनात्मक तथा विभिन्न राजनीतिक विषयमा छलफल भएको थियो ।

 

वि.सं.२०८१ फागुन १३ मंगलवार ०७:४७ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...