back

सर्वोच्च अदालतको परमादेश कार्यान्वयनको विकल्प नभएको निष्कर्ष

वि.सं.२०८१ चैत ४ सोमवार

774 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । सर्वोच्च अदालतको परमादेश अनुसार गठित गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिको आइतबार बसेको १२ औँ बैठकमा उपस्थित सरकारी प्रतिनिधिहरूले एकताको महाधिवेशनद्वारा निर्वाचित कार्यसमिति नै वैधानिक हुने र मे महिना पछि अर्को अधिवेशन आयोजना गर्छु भन्नु सर्वोच्च अदालतको अवहेलना हुने स्पष्ट पारेका छन्।

बैठकमा बोल्दै कानुन मन्त्रालयकी सहसचिव अरुणा जोशीले सर्वोच्च अदालतको परमादेश कार्यान्वयनको विकल्प नभएकाले सबै मिलेर एकताको महाधिवेशन गर्नु पर्ने बताइन् । उनले समितिलाई काम गर्नका लागि आइपरेका समस्याहरूबारे चासो राखेकी थिइन् । ‘सर्वोच्चको परमादेश हामीले कार्यान्वयन गर्नै पर्छ । तपाईँहरूलाई काम गर्न केके समस्या छ । मन्त्रालयमा लेखेर पठाउनुस् हामी सहजीकरण गरिदिन्छौँ’, उनले भनिन् ।

बैठकमा गत वर्षको चैत २१ को फैसलाअनुसार आगामी मे ३/५, २०२५ मा काठमाडौँमा तय गरिएको एकता महाधिवेशनका सन्दर्भमा भएको प्रगतिबारे छलफल भएको उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले बताए । बैठकमा सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई तोकिएको मितिमा अधिवेशन गरेर एकताको महाधिवेशनका लागि तयारी गर्न निर्देशन दिने र तोकिएको समयमा अधिवेशन गर्न नसक्नेको हकमा नयाँ संयोजक तोकेर कार्य गाडी बढाउने निर्णय भएको कुँवरले बताए ।

यस्तै बैठकमा आर्थिक उपसमितिका संयोजक कुल आचार्यले महाधिवेशनको आर्थिक पक्षबारे ब्रिफिङ गरेका थिए ।

बैठकले काठमाडौँमा एकताको महाधिवेशन गर्नको लागि सहजीकरण गर्न परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले गत ७ मार्च २०२५ का दिन उच्चस्तरीय समितिका सबै सदस्यहरूलाई मन्त्रालयमा आमन्त्रण गरी छलफल गरेकोमा मन्त्री देउवा लगायत परराष्ट्र मन्त्रालयलाई धन्यवाद दिने निर्णय गरेको छ ।

बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले दुई, दुई पटक पत्र लेख्दा पनि एनआरएनएको सचिवालय, कागजात, एमआइएस प्रणाली लगायतमा पहुँच नदिइएको र यसले गर्दा एकता महाधिवेशनको तयारी कार्यमा अवरोध भई रहेकाले तत्काल पहुँच उपलब्ध गराउन सहजीकरण गरिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।

‘सर्वोच्च अदालतको परमादेश तथा नेपाल सरकारको सहयोग तथा समन्वयमा मे ३/५, २०२५ मा काठमाडौँमा एकता महाधिवेशन हुनेमा ढुक्क हुन, कुनै भ्रममा नपर्न र एकता महाधिवेशनलाई सफल पार्न आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न पनि उच्चस्तरीय समिति सम्बन्धित सबैमा आह्वान गर्दछ’ समितिले भनेको छ।

वि.सं.२०८१ चैत ४ सोमवार १०:०० मा प्रकाशित

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

देश विकासका लागि युवा एकतामा जोड

देश विकासका लागि युवा एकतामा जोड

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने...

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार...

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...