काठमाडौं । सांसद प्रेम सुवालले सरकारले उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क सेवा दिन माग गरेका छन् । उनले प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै यस्तो माग गरेका हुन् ।
बैठकको शुन्य समयमा उनले भने, “उपभोक्ता ऐन बनेको छ वर्षपछि बल्ल उपभोक्ता अदालत स्थापना भएको छ, बिना बिल उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएकाले अनिवार्य बिल लिनेदिने विषयमा सरकारको पहल जरुरी छ, उपभोक्ताको मुद्दा सरकारले निःशुल्क लडिदिनुपर्छ ।”
वि.सं.२०८१ चैत ४ सोमवार १३:१२ मा प्रकाशित
























