back

“गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन प्रदेश सरकार प्रतिबद्ध छ”

वि.सं.२०८१ चैत ५ मंगलवार

315 

shares
GLOBAL IME AD
NTC AD

दमौली (तनहुँ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आमनागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालको आज निरीक्षण गर्दै उनले हरेक नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउने राज्यका प्रयासमा चिकित्सकलगायत स्वास्थ्य क्षेत्रमा आबद्ध सबैको सहयोग अपरिहार्य भएको बताए ।

स्थानीय तहसँग सहकार्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको तथा भविष्यमा पनि स्रोत र साधनले भ्याएसम्म प्रदेशका स्वास्थ्य संस्थालाई उपकरण प्रदान गर्ने मुख्यमन्त्री पाण्डेले उल्लेख गरे । उक्त अस्पताललाई प्रदेश सरकारले एक थान शल्यक्रिया मेसिन प्रदान गरेको छ ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अस्पतालले प्रदान गर्दै आएको सेवाका बारेमा जानकारी गराएका थिए । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकी १५ शय्याको अस्पतालमा रुपान्तरण भएको हो ।रासस

वि.सं.२०८१ चैत ५ मंगलवार १५:२० मा प्रकाशित

देशभरका बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

देशभरका बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई...

गाउँपालिकाभित्रका विद्यार्थीको उपचार निःशुल्क

गाउँपालिकाभित्रका विद्यार्थीको उपचार निःशुल्क

दमौली (तनहुँ) । आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी...

अमेरिकामा दादुराबाट अर्को बच्चाको मृत्यु, करिब ६५० बिरामी

अमेरिकामा दादुराबाट अर्को बच्चाको मृत्यु, करिब ६५० बिरामी

वासिङ्टन । अमेरिकाको दक्षिण–पश्चिमी क्षेत्रमा दादुराको प्रकोपले अर्को बच्चाको ज्यान...

मातृशिशु मृत्युदर कम गर्न पारिवारिक स्वास्थ्य विवरण लिइँदै

मातृशिशु मृत्युदर कम गर्न पारिवारिक स्वास्थ्य विवरण लिइँदै

खजुरा (बाँके) । लुम्बिनी प्रदेश सरकारले मातृ शिशु मृत्युदर कम...

वायु प्रदूषण बढेपछि सतर्कता अपनाउन मन्त्रालयको आग्रह

वायु प्रदूषण बढेपछि सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै...

नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी

नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी

काठमाडौं । आँखा उपचार सेवाको विकास र विस्तारका लागि नेपाल...