back
CTIZAN AD

“गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन प्रदेश सरकार प्रतिबद्ध छ”

वि.सं.२०८१ चैत ५ मंगलवार

768 

shares

दमौली (तनहुँ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आमनागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालको आज निरीक्षण गर्दै उनले हरेक नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउने राज्यका प्रयासमा चिकित्सकलगायत स्वास्थ्य क्षेत्रमा आबद्ध सबैको सहयोग अपरिहार्य भएको बताए ।

स्थानीय तहसँग सहकार्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको तथा भविष्यमा पनि स्रोत र साधनले भ्याएसम्म प्रदेशका स्वास्थ्य संस्थालाई उपकरण प्रदान गर्ने मुख्यमन्त्री पाण्डेले उल्लेख गरे । उक्त अस्पताललाई प्रदेश सरकारले एक थान शल्यक्रिया मेसिन प्रदान गरेको छ ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अस्पतालले प्रदान गर्दै आएको सेवाका बारेमा जानकारी गराएका थिए । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकी १५ शय्याको अस्पतालमा रुपान्तरण भएको हो ।रासस

वि.सं.२०८१ चैत ५ मंगलवार १५:२० मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...