back
CTIZAN AD

झन्डै १२ वर्षदेखि परीक्षण गरिएका मकैका पाँच जात सिफारिस गर्ने तयारी

वि.सं.२०८१ चैत ६ बुधवार

948 

shares

चितवन । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले यहाँ विकास र परीक्षण गरेका पाँच जातको सिफारिस गर्ने तयारी गरेको छ । झन्डै १२ वर्षअघिदेखि मुलुकका विभिन्न स्थानमा परीक्षण गरिँदै आइएका जातहरूको सिफारिस गर्ने तयारी गरिएको हो ।

सिफारिस गर्न लागिएका जातहरूमा उन्नत जातमा बिजीबीवाइपिओपी र टिएलबीआरएसओ–७एफ१६ जात रहेको छ । अहिले परीक्षणका क्रममा रहेका र अब यसलाई सिफारिस गर्ने तयारी गरिएको कार्यक्रमका संयोजक तीर्थराज रिजालले जानकारी दिए । असारसम्ममा बीउबिजन गुणस्तर तथा नियन्त्रण केन्द्रमा सिफारिस गर्ने तयारी गरिएको छ । केन्द्रले अनुमोदन गरेर राष्ट्रिय बीउ नियन्त्रण केन्द्रमा पठाउँछ । त्यहाँ अनुमोदन भएपछि व्यावसायिक उत्पादनका लागि आउने रिजालले जानकारी दिए ।

यस कार्यक्रममार्फत नेपालमा अहिलेसम्म उन्नत जातका लागि ३१ वटा मकैका बीउका जात सिफारिस गरिएको छ । जुन नेपाली जनताले रुचाएका छन् । उच्च पहाडका लागि गणेश–१ र २, मध्यपहाडका लागि मनकामना–१, ३, ५, ७ र ९ जात सिफारिस गरिएको छ । यस्तै तराईका लागि रामपुर जातका मकै सिफारिस गरिएको उनले बताए । अहिले सिफारिस गर्न लागिएका मकै तराई र मध्यपहाडी क्षेत्रका लागि उपयुक्त हुने छ ।

किसानलाई चाँडो पाक्ने खालका मकै पनि सिफारिस गरिएको छ । जसमा अरुण–१, २, ३, ४, ५, ६ जातका रहेका छन् । यी मकै लगाएको ८० देखि ९० दिनमा तयारी हुने गर्छन् । अन्य मकै एक सय २० देखि एक सय ५० दिनसम्म लाग्ने रिाजालको भनाइ छ ।

कार्यालयले हाइब्रिड मकैतर्फ अहिलेसम्म १० जात सिफारिस गरेको छ । अहिले तीन जात सिफारिसको चरणमा रहेको उनले बताए । सिफारिस गर्न लागिएका जात सिएएच–१५११, सिएएच–११८७, सिएएच–१९ छन् । यी मकैमा तापक्रम सहन सक्ने क्षमता भएकाले भित्री मधेस र तराईका जिल्लाका लागि सिफारिसको काम भइरहेको रिजालले बताए ।

उनले भने, “विसं २०७७ देखि हामीले कुनै जातको मकै सिफारिस गरेका छैनाैँ, अब पाँच जातका मकै सिफारिसको तयारीमा छौँ ।” यी तीन जात आगामी वर्ष सिफारिस गर्ने तयारी छ । नेपालमा पहिलोपटक सन् २००१ मा गौरव जातको हाइब्रिड मकै सिफारिस गरिएको थियो । त्यसपछि यता रामपुर हाइब्रिडऔ२, ४, ६, ८, १० लगायत मकै सिफारिस भइसकेको उनले बताए । हाइब्रिड जातमा नौवटा तराईका लागि हुन् भने एउटा मध्यपहाडका लागि हो । उनले भने, “हामीले वंशको मात्रै विकास गर्दैनौँ, मकैमा लाग्ने कीरा नियन्त्रण, माटो सुधार कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययनलगायत काम गर्दै आएका छौँ ।”

कार्यक्रमअन्तर्गत अहिलेसम्म किसानले नरुचाएका आठवटा जातलाई सूचीबाट हटाइसकिएको छभने पाँचवटा जातलाई सूचीबाट हटाउन सिफारिसको तयारी थालिएको छ । चलनचल्तीमा नआएका, रोग र कीराले समस्या बनाएका यस्ता जातलाई सूचीबाट हटाउन सिफारिस गरिने गरिन्छ । यस कार्यक्रमले पहिलोपटक विसं २०३३ मा रामपुर कम्पोजिट मकैको बीउ सिफारिस गरेर बीउ उत्पादनको काम सुरु गरेको थियो । राससरफाइल फोटो

 

वि.सं.२०८१ चैत ६ बुधवार ०८:५८ मा प्रकाशित

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...