back

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

वि.सं.२०८१ चैत ८ शुक्रवार

342 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं ।  ग्लोबल आइएमई बैंकका ग्राहकले पाल्पाको लुम्बिनी मेडिकल कलेजमा विशेष छुट पाउने भएका छन् ।

बैंक र कलेजबीच भएको एक सम्झौतामा बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारीमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गरेका हुन् ।
सहमति अनुसार अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एव्म बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई अस्पतालको सेवा तथा औषधी उपचारमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गरिने जनाइएको छ ।

त्यस्तै अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासोनोग्राफी, ओ.पी.डी. र अपरेशन लगायतका सेवाहरुमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

यस साझेदारी पश्चात् ग्लोबल आइएमई बैंकका ग्राहकहरुले गुणस्तरीय स्वास्थ्य सेवा सुबिधाहरु उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताए ।

पोखरेलले यो पण्हलले पहँुचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत स्पष्ट पारेका थिए ।

यसैगरी, ग्लोबल आइएमई बैंकका लुम्बिनी प्रदेश प्र्रमुख शान्ता शिवाकोटीले लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास व्यक्त गरिन् ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका विभिन्न समयसान्दर्भिक छुट योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको पनि बैंकले जनाएको छ ।

 

वि.सं.२०८१ चैत ८ शुक्रवार १७:४१ मा प्रकाशित

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

देश विकासका लागि युवा एकतामा जोड

देश विकासका लागि युवा एकतामा जोड

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने...

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार...

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...