back

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

वि.सं.२०८१ चैत ८ शुक्रवार

129 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले इजाजत प्राप्त नगरेका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट श्रमिक आपूर्ति नगराउन सबै प्रतिष्ठानका नाममा सूचना जारी गरेको छ ।

सरकारी निकाय, सार्वजनिक संस्थान तथा निजी क्षेत्रका प्रतिष्ठानले इजाजत नै प्राप्त नगरेका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट गैरकानुनी तरिकाले श्रमिक आपूर्ति गर्ने गरेको उजुरी प्राप्त भएको भन्दै विभागले प्रतिष्ठानहरूको ध्यानार्कषण गराएको हो ।

श्रमिक आपूर्तिकर्ता कम्पनीहरूले सुरक्षा, सरसफाइ तथा फोहोर, बगैंचा व्यवस्थापन, कार्यालय सहायक, क्यान्टिन तथा क्याटरिङ श्रमिक, चालक लोड, परिचालक, अनलोड सामानको ओसारपसार तथा भण्डारण व्यवस्थापन, मर्मत सम्भार, प्राविधिक सहयोग तथा परामर्श प्रदान गर्ने श्रमिक, प्लम्बर, डकर्मी, इलेक्ट्रिसियन सिकर्मीलगायत निर्माण श्रमिक र घरेलु श्रमिक आपूर्ति गर्दै आएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगतको यस विभागले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरेर श्रम ऐन विपरित कुनै किसिमको काम नगर्न र नगराउन आग्रह गरेको हो ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले असल श्रम अभ्यासका लागि श्रम प्रशासनसँग सम्बन्धित विभिन्न छ वटा कानूनी व्यवस्थाका बारेमा सूचना जारी गरे । विभागले न्यूनतम पारिश्रमिक कार्यान्वयन, श्रम अडिट, बालश्रम निवारण, सामाजिक सुरक्षाकोषमा योगदान, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको अभ्यास र व्यवस्थापन कार्यान्वयनका लागि आजै सूचना जारी गरेको छ । नियमित अनुगमनबाहेक पनि गुनासो र उजुरीका आधारमा यी सूचना जारी गरिएकोे महानिर्देशक भट्टराईले जानकारी दिए ।

“यस विभागले मर्यादित श्रम अभ्यासलाई सुनिश्चित गराउन प्रमुख निकायको रूपमा भूमिका निर्वाह गर्दै आएको छ”, उनले भने “प्रतिष्ठानहरूमा मर्यादित एवम् उचित श्रम अभ्यासको वातावरण निर्माण गर्न सरोकारवाला सबैसँग आग्रह गर्छौ ।”

वि.सं.२०८१ चैत ८ शुक्रवार १८:०९ मा प्रकाशित

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

देश विकासका लागि युवा एकतामा जोड

देश विकासका लागि युवा एकतामा जोड

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने...

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार...

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...