back
CTIZAN AD

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

वि.सं.२०८१ चैत ८ शुक्रवार

600 

shares

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले इजाजत प्राप्त नगरेका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट श्रमिक आपूर्ति नगराउन सबै प्रतिष्ठानका नाममा सूचना जारी गरेको छ ।

सरकारी निकाय, सार्वजनिक संस्थान तथा निजी क्षेत्रका प्रतिष्ठानले इजाजत नै प्राप्त नगरेका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट गैरकानुनी तरिकाले श्रमिक आपूर्ति गर्ने गरेको उजुरी प्राप्त भएको भन्दै विभागले प्रतिष्ठानहरूको ध्यानार्कषण गराएको हो ।

श्रमिक आपूर्तिकर्ता कम्पनीहरूले सुरक्षा, सरसफाइ तथा फोहोर, बगैंचा व्यवस्थापन, कार्यालय सहायक, क्यान्टिन तथा क्याटरिङ श्रमिक, चालक लोड, परिचालक, अनलोड सामानको ओसारपसार तथा भण्डारण व्यवस्थापन, मर्मत सम्भार, प्राविधिक सहयोग तथा परामर्श प्रदान गर्ने श्रमिक, प्लम्बर, डकर्मी, इलेक्ट्रिसियन सिकर्मीलगायत निर्माण श्रमिक र घरेलु श्रमिक आपूर्ति गर्दै आएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगतको यस विभागले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरेर श्रम ऐन विपरित कुनै किसिमको काम नगर्न र नगराउन आग्रह गरेको हो ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले असल श्रम अभ्यासका लागि श्रम प्रशासनसँग सम्बन्धित विभिन्न छ वटा कानूनी व्यवस्थाका बारेमा सूचना जारी गरे । विभागले न्यूनतम पारिश्रमिक कार्यान्वयन, श्रम अडिट, बालश्रम निवारण, सामाजिक सुरक्षाकोषमा योगदान, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको अभ्यास र व्यवस्थापन कार्यान्वयनका लागि आजै सूचना जारी गरेको छ । नियमित अनुगमनबाहेक पनि गुनासो र उजुरीका आधारमा यी सूचना जारी गरिएकोे महानिर्देशक भट्टराईले जानकारी दिए ।

“यस विभागले मर्यादित श्रम अभ्यासलाई सुनिश्चित गराउन प्रमुख निकायको रूपमा भूमिका निर्वाह गर्दै आएको छ”, उनले भने “प्रतिष्ठानहरूमा मर्यादित एवम् उचित श्रम अभ्यासको वातावरण निर्माण गर्न सरोकारवाला सबैसँग आग्रह गर्छौ ।”

वि.सं.२०८१ चैत ८ शुक्रवार १८:०९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...