back

पछिल्लो समय उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

वि.सं.२०८१ चैत १३ बुधवार

228 

shares
GLOBAL IME AD
NTC AD

मध्यविन्दु (नवलपरासी) । यहाँको देवचुली नगरपालिका–१७ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय स्वास्थ्य उपचारको गन्तव्य बनेको छ ।

प्राकृतिक चिकित्सा, योग, आयुर्वेद तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने यस केन्द्रमा सर्वसाधारण मात्र नभई सरकारी अधिकारी, राजनीतिक दलका नेताहरू, कलाकार, व्यवसायी तथा अन्य विशिष्ट व्यक्तिहरू उपचारका लागि आउने गरेका छन् ।

प्राकृतिक चिकित्सालयमा उपचारका लागि आएका नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्ती १३ दिनको प्राकृतिक उपचार पश्चात् मङ्गलवार फर्किएका छन् । कम्मरमा दुखाइका कारण हिँडडुल गर्न समस्या भएपछि प्राकृतिक उपचारका लागि आएका उनी निको भएर फर्कन लागेको बताइन् ।

यहाँ आधुनिक औषधिको सट्टा प्राकृतिक तथा वैकल्पिक उपचार पद्धति अपनाइनाले उपचारका लागि धेरैको आकर्षण बढेको हो । पूर्व सभामुख ओनसरी घर्तीका अनुसार यहाँको उपचार विधि तनावमुक्त जीवनशैली, प्राकृतिक उपचार, स्वास्थ्यकर खानपान, र योग साधनामा केन्द्रित छ ।

प्राकृतिक चिकित्सालयमा सर्वसाधारणसँगै विशिष्ट व्यक्तिहरु उपचारका लागि आउनुभएका सो चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले जनकारी दिए । केही वर्षयता यहाँ विदेशी पर्यटक तथा प्राकृतिक चिकित्सा रुचाउने विदेशीहरू पनि आउन थालेका छन् ।

विसं २०६४ मा महायज्ञमार्फत सङ्कलित रकमबाट स्थापना गरिएको प्राकृतिक चिकित्सालयमा सेवा लिन मुलुकभित्रका मात्रै नभई भारत, क्यानडा, अमेरिका, फ्रान्स, बेल्जियम, अस्ट्रेलिया, दक्षिण कोरिया, न्युजिल्यान्ड, जापान, नर्वे, इजरायललगायतका देशबाट उपचारका लागि बिरामी आउने गरेका छन् । तत्कालीन समयमा ५२ श्ययाबाट सुरु गरिएको संस्थामा हाल तीन सय श्ययाको क्षमता रहेको छ ।

“अन्य उपचार पद्धतिबाट निको नभएका बिरामीले पनि यहाँ उपचारपछि पुनः जीवन पाएका उदाहरण छन्”, व्यवस्थापक सापकोटाले भने, “सर्जरीबाहेकका रोग निको पार्न सकिने प्राकृतिक चिकित्सालाई दिगो रूपमा टिकाउन सरकारले नीतिगत सहजताका साथै बजेट विनियोजन गर्नुपर्छ ।”

चिकित्सालयमा बिरामीका लागि उपचार, आवास र खाना गरी दैनिक रु एक हजार एक सय शुल्क तोकिएको छ । कूल ५० जना जनशक्ति रहेको चिकित्सालयमा मासिक रु १५ लाख खर्च रहेको व्यवस्थापक सापकोटाको भनाइ छ । “चिकित्सालयमा हालसम्म ५० हजार जनाको सफल उपचार गरिसकिएको छ”, उनले भने ।

प्राकृतिक चिकित्सा उपचार विधिले शरीरमा नकारात्मक असर नपर्ने चिकित्सालयका चिकित्सक डा.आजाद पुरीले बताए । प्राकृतिक चिकित्सा र योगमा प्रतिरक्षात्मक, उपचारात्मक र निधानात्मक तीनवटै आयाममा उपचार गरिने र यसले जटिल, दीर्घरोग हुने बाटो नै बन्द गर्ने डा पुरीको भनाइ छ । रासस

 

वि.सं.२०८१ चैत १३ बुधवार १४:४३ मा प्रकाशित

देशभरका बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

देशभरका बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई...

गाउँपालिकाभित्रका विद्यार्थीको उपचार निःशुल्क

गाउँपालिकाभित्रका विद्यार्थीको उपचार निःशुल्क

दमौली (तनहुँ) । आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी...

अमेरिकामा दादुराबाट अर्को बच्चाको मृत्यु, करिब ६५० बिरामी

अमेरिकामा दादुराबाट अर्को बच्चाको मृत्यु, करिब ६५० बिरामी

वासिङ्टन । अमेरिकाको दक्षिण–पश्चिमी क्षेत्रमा दादुराको प्रकोपले अर्को बच्चाको ज्यान...

मातृशिशु मृत्युदर कम गर्न पारिवारिक स्वास्थ्य विवरण लिइँदै

मातृशिशु मृत्युदर कम गर्न पारिवारिक स्वास्थ्य विवरण लिइँदै

खजुरा (बाँके) । लुम्बिनी प्रदेश सरकारले मातृ शिशु मृत्युदर कम...

वायु प्रदूषण बढेपछि सतर्कता अपनाउन मन्त्रालयको आग्रह

वायु प्रदूषण बढेपछि सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै...

नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी

नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी

काठमाडौं । आँखा उपचार सेवाको विकास र विस्तारका लागि नेपाल...