back
CTIZAN AD

सपनाको एजेण्डाको ब्याज खान नखोजौँ

वि.सं.२०७४ जेठ १८ बिहीवार

1K 

shares

see-dream
पूर्वप्रधाानमन्त्री केपी शर्मा ओलिले छुकछुके होइन केही वर्षभित्र सुलुलु बग्ने रेल बग्छ भन्दा उनी टिकाटिप्पणीको पात्र बनेका छन् । तर अबको दुनियामा बन्ने सुलुलु रेल नै हुन्छन् । जसरी संसार विकसीत हुँदै गैरहेको छ, त्यो प्रभावबाट हामी पनि टाढा रहन सक्दैनौँ, तर निर्माण भएका संरचनाहरुलाई जिर्ण अवस्थामा पु¥याएर सपनाको संसार बाँड्दा त्यो जनतालाई ठट्टा लाग्नु स्वभाविक नै हो । यथार्थमा अबको दुनियामा राज्यले जनतालाई पु¥याउनु पर्ने सुविधा भनेको अग्ला अग्ला भवन, चिल्ला र व्यस्थित शहर, फास्ट ट्रेन, इन्टरनेट सुविधा, पाइपबाटै घरघरमाा ग्याँस, घरको छतमा पानी ट्याङकी नराखी २४ सै घण्टा पानी, २४ सै घण्टा बत्ति, देशभित्रै रोजगारी हो ।

विदेशमा सम्भव भैसकेको कुरा हामीले गर्दा हाँस्नु पर्ने स्थिति आउनुको कारण काम नगर्ने तर सपना मात्र बाँड्ने भएर हो । अर्को पार्टीेले राम्रो गरेको कामलाई स्वीकार गर्न नसक्ने यदि स्वीकार गर्यो भने हाम्रो पार्टीले भनेको थियो, हाम्रो पार्टीको एजेण्डा हो भनेर सँधै त्यसैको ब्याज खान खोज्ने प्रवृत्ति त्याग्नै पर्दछ ।

केही समय अघि ओलिले घरघरमा पाइपबाट ग्याँस पु¥याइन्छ भन्दा पनि उनी यसरी नै टिकाटिप्पणीले हाँसोको पात्र बनेका थिए । छिमेकी देशले नाकाबन्दि गर्दा जनता ढुंगे युगमा फर्कन बाध्य बनेको बेला प्रधानमन्त्रीले पाइपबाट ग्याँस ठट्यौली ठाने जनताले तर विदेशमा सम्भव भैसकेको कुरा हामीकहाँ असम्भव भन्ने हुँदैन । तर काम नगर्ने सपना मात्र बाँड्ने अनि त्यो सपना त मैले देखेको हो भनेर बिपनामा तर्साइरहने नियत त्याग्नु पर्दछ ।

सिटामल खान नपाएर मरिरहेका नेपालीलाई घरमै निजी डाक्टरको व्यवस्था गरिदिन्छु भन्दा जति अपत्यारिलो लाग्छ अहिले नेपालीलाई सम्पन्न देशको विकाससँग तुलना गर्दा त्यो सपना लाग्नु स्वभाविक नै हो । विदेशमा सम्भव भैसकेको कुरा हामीले गर्दा हाँस्नु पर्ने स्थिति आउनुको कारण काम नगर्ने तर सपना मात्र बाँड्ने भएर हो । अर्को पार्टीेले राम्रो गरेको कामलाई स्वीकार गर्न नसक्ने यदि स्वीकार गर्यो भने हाम्रो पार्टीले भनेको थियो, हाम्रो पार्टीको एजेण्डा हो भनेर सँधै त्यसैको ब्याज खान खोज्ने प्रवृत्ति त्याग्नै पर्दछ ।

नेकपा एमाले बृद्धभक्ताकै ब्याज खान खोज्छ भने नेकपा माओवादी संविधानसभाको एजेण्डा आफ्नो मात्र भन्न खोज्छ । सुरुवात कोही न कोहीबाट हुनै पर्दछ र हुन्छ, तर त्यसैलाई हामीले गरेको भनेर अरुले त्यसलाई स्वीकार गर्न अरुचि बनाउने गरी प्रचार गर्नु हुँदैन । एमालेले बृद्धबद्धा ल्यायो पछिल्लो सरकारहरुले त्यसलाई निरन्तरता दिएर अपाङ्ग, एकल महिलालाई पनि भक्ता दिने व्यवस्था गर्यो । हाम्रो एजेण्डालाई पछिल्लो सरकारले पनि निरन्तरता दिँदै आएको छ भन्ने गर्व गरौँ तर त्यसैलाई ब्याज खाने नियत नबनाऔँ ।

त्यस्तै तत्कालिन नेकपा माओवादी हाल नेकपा माओवादी केन्द्रले भने जस्तो संविधानसभा हाम्रो एजेण्डा भनेर एकोहोरो दुहाइ दिनुको अर्थ हुँदैन । संविधानसभाको माग नेपाली कांग्रेसले २००७ सालमै भनेको इतिहासमा पढ्न पाइन्छ भलै त्यसलाई निरन्तरता दिन नसक्दा यो एजेण्डा त्यत्तिकै बिलायो र पछि नेकपा माओवादीले त्यसलाई कार्यान्वयन गर्न बाध्य बनायो ।

तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपाललाई सिंगापुर बनाउँछु भन्दा पत्याउन सकेनौँ, हालका प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै बेला नेपाललाई स्विट्जरल्याण्ड बनाउँछु भनेर सपना देखाए हामी त्यसलाई पनि व्यङ्ग्यमा मिसाउने गरेका छौँ । तर अघि बढ्न सपना देख्नै पर्दछ र सपना देखेर मात्र पनि हुँदैन त्यसलाई पुरा गर्न बिपनामा योजना बनाउनु पर्दछ ।

भनिन्छ यो दुनियामा असम्भव भन्ने कुरा केही छैन, त्यसलाई सम्भव तुल्याउन मेहनत भने गर्नुपर्दछ । त्यस्तैै हाम्रा नेताहरुले बोलेको कुरा असम्भव छैनन् तर विना आधार बोल्ने होइन, आधारसहित बोल्ने गर्नुपर्दछ । देश विकास भयो, देशले प्रगति गर्यो भने कुनै एउटा अमुक दललाई मात्र फाइदा हुँदैन, सबै नागरिकलाई हुन्छ । त्यसैले एजेण्डालाई एउटाको मात्र पेवा बनाउनु हुँदैन । यदि कसैको राम्रो एजेण्डा छ भने अरुले स्विकार गर्दा हिनताबोध हुने गरी मेरो एजेण्डा, हाम्रो एजेण्डा भनेर कोहोलो गरिराख्नु उचित हुँदैन । देशको विकास सबैको साझा एजेण्डा हो र हुनुपर्दछ । सपना देख्न सकिन्छ तर पदीय जिम्मेवारीमा बसेकाले बोल्दा आफ्नो देशको वस्तुस्थित र सम्भावनाको तथ्याङ्कसहित बोल्नु पर्दछ । अन्यथा सम्भव कुरा बोल्दा पनि यस्तै ठट्टाको पात्र बनिन्छ ।

वि.सं.२०७४ जेठ १८ बिहीवार १०:४७ मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...