back
CTIZAN AD

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

वि.सं.२०८१ चैत १५ शुक्रवार

837 

shares

दमौली (तनहुँ) । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई सीपमूलक तालिम प्रदान गरेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित हलुका सवारीसाधन चलाउने तालिम सञ्चालन गरिएको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ ।

तालिममा महिला र पुरुष गरी ३६ जनाको सहभागिता रहेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । छब्बीस दिनसम्म सञ्चालन हुने तालिममा आयोजना प्रभावित क्षेत्र म्याग्दे गाउँपालिकाका पाँच, ऋषिङ गाउँपालिकाका ११, भिमाद नगरपालिकाका १० र व्यास नगरपालिका १० जनाको सहभागिता रहेको भण्डारीले बताए ।

आयोजनाको जीविकोपार्जन पुनस्थापन योजनाअन्तर्गत आयोजना प्रभावितका लागि दमौली र भिमादमा दुई ठाउँमा तालिम सञ्चालन भइरहेको छ । भण्डारीले भने, “आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको हो ।”

यसैगरी, आयोजनाले सामुदायिक विकास कार्यक्रमअन्तर्गत ६८ वटा योजना सम्पन्न गरेको छ । उपभोक्ता समितिहरूमार्फत सञ्चालित योजना, कार्यक्रमको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट नियमित रूपमा अनुगमन तथा सुपरीवेक्षण भइरहेको भण्डारीको भनाइ छ ।

यस अवधिमा विजय आधारभूत विद्यालयको खेलमैदान, सडक निर्माणकार्य, सेती नदी बायाँ किनार संरक्षण कार्य, सिद्धबतासन सामुदायिक वनमा पोखरी निर्माण, ग्याजा महिला समूह भवन सहयोग, खानेपानी मुहान सुदृढीकरण तथा पाइप जडान कार्यको काम भइरहेको आयोजनाले जनाएको छ । रासस/फाइल फोटो

वि.सं.२०८१ चैत १५ शुक्रवार ०८:१८ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...