back
CTIZAN AD

कमलपोखरी पुनःभरण गरी पानीको सतह यथावत् राख्न निर्देशन

वि.सं.२०८१ चैत २२ शुक्रवार

681 

shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले कमलपोखरीमा पुनःभरण गरेर पानीको सतह यथावत् राख्ने प्रणाली विकास गर्न निर्देशन दिएका छन् ।
कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणमा भइरहेका कामको आज अनुगमन गर्दै उहाँले सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाका अधिकारीलाई यस्तो निर्देशन दिएका हुन् । पोखरी वरिपरि राखिएका चैत्य तथा मूर्तिमा आगन्तुकले क्षति गरेको देखेपछि उनले सिसिटिभी क्यामरामार्फत अनधिकृत क्रियाकलाप निगरानी गर्ने प्रबन्ध गरिने बताए ।

करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको पोखरीलाई परम्परागत, सांस्कृतिक र पर्यटकीय रूपमा विकास गर्ने गुरुयोजनाअनुरुप यहाँ पुनःनिर्माण भइरहेको छ । गुरुयोजनाको पहिलो चरणमा करिब रु छ करोड ३६ लाखको लागतमा पोखरी र यससँग सम्बन्धित संरचना निर्माण गरिएका छन् ।

दोस्रो चरणमा पोखरीको सौन्दर्यीकरण र मर्मतको काम भइरहेको छ । यसका लागि रु तीन करोड छ लाख आठ हजार ११ मा ठेक्का सम्झौता भएको छ । गत भदौ १९ गते कार्यादेश दिइएको यो योजना आगामी साउन १५ गतेभित्र सम्पन्न गर्नुपर्ने छ ।

यस्तै, ट्याक्टिकल अर्वनिजम (सडक तथा फुटपाथ किनाराको सौन्दर्य) का लागि उद्यान तथा हरियाली आयोजनाले काम गरिरहेको छ । साविकमा प्रहरी बिट रहेको करिब पाँच रोपनी क्षेत्रफलमा पार्क निर्माण भइरहेको छ । सिमाना पर्खाल बाहिर ट्याक्टिकल अर्बनिजमअन्तर्गत फल्चाशैलीमा परम्परागत बस बिसौनी, पैदलयात्रीले पोखरी र सडकको अवलोकन गर्न मिल्ने ठाउँ, बिरुवा तथा फूल रोप्ने र सानो पार्क बनाउने काम भइरहेका छन् ।

यस वर्ष ट्याक्टिकल अर्वनिजमका लागि करिब रु दुई करोड लागतमा करिब ३२ ठाउँमा काम भइरहेको महानगरले जनाएको छ । यसअन्तर्गत पोखरीका चार कुनामा कमल रोप्ने र माछा राख्ने कामसमेत हुनेछन् । पोखरीको वरिपरी पैदलमार्ग छ । चिल्ड्रेन पार्क, मकराकृतिका ढुङ्गेधारा, अपाङ्गतामैत्री शौचालय, खुला व्यायामशाला र उद्यान कमलपोखरीका विशेषता हुन् । पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने मण्डप छन् । पूर्वतिर मूलढोकासँगै एउटा ठूलो पोखरी र त्यसको वरिपरि पाँच वटा मण्डप छन् ।

 

वि.सं.२०८१ चैत २२ शुक्रवार १५:०३ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...