back
CTIZAN AD

प्रदेश सरकारले तीनवटा सार्वजनिक शौचालय निर्माण गर्दै

वि.सं.२०८१ चैत २२ शुक्रवार

615 

shares

महेन्द्रनगर (धनुषा) । मधेश प्रदेश सरकारले जनकपुरधाममा तीन वटा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । जनकपुर सौन्दर्यीकरणका लागि बहुवर्षीय योजनाअन्तर्गत रु छ करोड ५० लाखको लागतमा शौचालय निर्माण गरिने जनाइएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले पर्यटकलाई लक्षित गरी मुख्य पर्यटकीय क्षेत्रमा शौचालय निर्माण गरिने बताए । उनका अनुसार बस पार्क, राम मन्दिरको दक्षिण र जानकी मन्दिरको दक्षिणपट्टी शौचालय निर्माण हुनेछन् । “जनकपुरधाम एक धार्मिक तथा सांस्कृतिक केन्द्र भएकाले यहाँ आउने भक्तजन र पर्यटकका लागि सफा र व्यवस्थित सार्वजनिक शौचालय आवश्यक छ । हामीले यही आवश्यकतालाई मध्यनजर गर्दै यस योजनालाई अघि बढाउने सोच बनाएका हौँ”, मुख्यमन्त्री सिंहले भने ।

योजना कार्यान्वयनका लागि बोलपत्र प्रक्रिया सुरु भइसकेको र यस कार्यको संयोजनका लागि प्रदेश नीति आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साह, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज साहलगायत सरोकार भएका निकाय र प्राविधिक रहने गरी समिति बनाइएको उनले जानकारी दिए ।

वि.सं.२०८१ चैत २२ शुक्रवार १४:५२ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...