back
CTIZAN AD

राष्ट्रिय जनमोर्चाद्वारा गणतन्त्र र राष्ट्रियता रक्षा गर्न अभियान

वि.सं.२०८१ चैत २२ शुक्रवार

447 

shares

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सङ्घीयताका विषयमा पार्टीको धारणा स्थापित गराउन यही चैत २४ गतेदेखि काठमाडौँ केन्द्रित साताव्यापी अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र राष्ट्रियताको रक्षाको पक्षमा अभियान सञ्चालन हुने जानकारी दिए । काठमाडौँको तीनकुनेमा यही चैत १५ गते भएको घटनाले मुलुकमा प्रतिगमनको खतरा देखापरेका कारण राजधानी केन्द्रित पार्टी सचेतनासहितका कार्यक्रम गर्न लागेको उनले स्पष्ट पारे ।

त्यस अवसरमा पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सम्पूर्ण गणतन्त्रवादी शक्तिहरुबीच प्रतिगमनविरुद्ध सहकार्यको आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।”

सो पार्टीका उपाध्यक्ष एवं संविधानसभा सदस्य दुर्गा पौडेलले सरकार र संसद्को सङ्ख्यामा भएको वृद्धिले खर्चको भार बढेर आर्थिक रुपमा मुलुक सञ्चालनमा चुनौती परिरहेको तर्क गरे । उनले भने, “जिल्ला र केन्द्रका बीचमा समन्वयका लागि प्रदेशस्तरको प्रशासनिक संरचनाको निर्माणमा हामीले जोड दिन्छौँ ।”

उक्त पार्टीले नेपालको राष्ट्रियताका विरुद्धमा भइरहेको विभिन्न खाले षडयन्त्रका विरुद्ध सङ्घर्ष गरेर नै मुलुकको राष्ट्रियताको रक्षा गर्दै आएको जनाएको छ ।

वि.सं.२०८१ चैत २२ शुक्रवार १७:०१ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...