back
CTIZAN AD

राष्ट्रिय जनमोर्चाको राजधानी केन्द्रित आन्दोलन घोषणा

वि.सं.२०८१ चैत २२ शुक्रवार

585 

shares

काठमाडौँ । गणतन्त्र तथा राष्ट्रियताको रक्षा र सङ्घीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
जनमोर्चाले शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी चैत २४ गतेदेखि ३० गतेसम्म सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलन सञ्चालन गर्ने घोषणा गरेको हो ।

अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियता र आर्थिक स्थायित्वका लागि सङ्घीयता ठुलो बोझ भएको भन्दै खारेजी जरुरी रहेको बताए । उनले पूर्व राजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सन्देश, फागुन २५ गते आयोजित राजावादी शक्ति प्रदर्शन, र चैत्र १५ गतेको हिंसात्मक घटनालाई प्रतिगमनको गम्भीर सङ्केतको रूपमा व्याख्या गरे ।

आन्दोलन अन्तर्गत प्रत्येक दिन राजधानीका विभिन्न स्थानमा जुलुस, सभा, सांस्कृतिक कार्यक्रम र प्रचारात्मक अभियान सञ्चालन गरिने बताइएको छ ।

प्रत्येक दिन दिउँसो २ बजे शान्ति बाटिका (रत्नपार्क), चाबहिल चोक, माइतीघर मण्डला, गोङ्गबु चौक, न्यूरोड (भूगोल पार्क) र भृकुटीमण्डपमा आन्दोलन हुने छन् ।

वि.सं.२०८१ चैत २२ शुक्रवार १७:०२ मा प्रकाशित

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...