back
CTIZAN AD

नयाँ वर्षको पूर्वसन्ध्यामा गायक ढकालको साङ्गीतिक प्रस्तुति

वि.सं.२०८१ चैत २२ शुक्रवार

648 

shares

काठमाडौँ । गायक रामकृष्ण ढकालले नयाँ वर्षलाई लक्षित गर्दै साङ्गीतिक प्रस्तुति दिनुहुने भएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा आफ्नो साङ्गीतिक समूहसँग भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्समा ‘न्यू इयर इभ एट जर्मन होम्स विथ रामकृष्ण ढकाल’ आयोजना हुने भएको हो ।

“विगत केही वर्षदेखि नयाँ वर्षमा प्रस्तुति दिन पाएको थिइनँ, त्यसकारण यसपटक उपत्यका लक्षित गर्दै कार्यक्रमको आयोजना गरेको हुँ, यसपटक ब्याण्डसँग सहकार्य हुने भएकाले दर्शकले नयाँपन आभाष गर्न पाउनु हुनेछ, मेरा सबै किसिमका गीतहरू प्रस्तुत गर्नेछु”, गायक ढकालले भने ।

कार्यक्रम चैत ३१ गते साँझ ६ बजेदेखि सुरु भई राति १२ बजेसम्म सञ्चालन हुने जनाउँदै उनले कार्यक्रममा हास्य व्यङ्ग्यात्मक प्रस्तुति र नृत्य पनि रहने बताए । आगामी साङ्गीतिकसँगै चलचित्र निर्माण गर्ने योजना रहेकाले नयाँ वर्ष विशेष हुने उनकोे भनाइ छ ।

“आउँदो वर्ष म चलचित्र निर्माताका रूपमा प्रस्तुत हुँदैछु, त्यसकारण सङ्गीतसँगै चलचित्रका गतिविधिमा पनि म सक्रिय रहनेछु, चलचित्रमा एउटा ग्रामीण भेगको कथालाई प्रस्तुत गर्न खोजिएको छ” उनले भने । मोडल रीमा विश्वकर्माले उद्घोषण गर्ने उक्त कार्यक्रममा दुई हजार दर्शक सहभागी हुने अपेक्षा रहेको आयोजकले जनाएको छ ।

 

वि.सं.२०८१ चैत २२ शुक्रवार १७:५५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...