back
CTIZAN AD

तीन वर्षमा बन्नुपर्ने सडक पाँच वर्षमा पनि बनेन

वि.सं.२०८१ चैत २२ शुक्रवार

555 

shares

पाल्हीनन्दन (नवलपरासी ब सु प) । यहाँस्थित बर्दघाट नगरपालिका‐१४ नारायणचोकदेखि त्रिवेणी जाने निर्माणाधीन हुलाकी सडक पाँच वर्षदेखि अलपत्र छ । यो खण्ड निर्माणका लागि बज्रगुरु र महालक्ष्मी जेभी कन्ट्रेक्सनले ठेक्का पाएको थियो ।

विसं २०७९ मा सम्पन्न हुने गरी २०७६ सालमा ठेक्का लिए हालसम्म ४० प्रतिशत मात्र काम भएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, कपिलवस्तुका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिए । उनका अनुसार रु ५८ करोडको लागतमा १५ किलोमिटर सडक कालोपत्र गर्ने भनिएकामा तीन पटक पत्राचार गरे पनि ठेकेदारले थप काम अगाडि बढाएको छैन । ताकेता गर्दा पनि काम नभएपछि ठेक्का तोडेर कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी आचार्यले बताए ।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आफूहरूले सडक निर्माणका लागि पटक–पटक अनशन बस्ने र विरोध प्रदर्शनमार्फत ध्यानाकर्षण गराइए पनि काम अगाडि नबढेको बताए ।

उनका अनुसार सडकको धुलो घरभित्र पस्दा सडक वरपरका स्थानीय धुुलोले पीडित छन्, धुलोले आँखा चिलाउँछ , छाती दुख्ने समस्या हुन्छ ,काम गर्ने क्रममा तथा घरभित्र बस्दा नाक, मुखमा धुलो पस्छ , घर वरिपरी धुलैधुलो हुने, बिहान सफा गरेको घर बेलुका धुलै धुलोले हुने समस्या छ ।

बर्दघाट नगरपालिकाका उपाध्यक्ष रुद्रप्रकाश उपाध्यायले लामो समयसम्म काम नहुँदा यात्रुलाई मात्रै नभइ स्थानीय बासिन्दा धुँवाधुलोले निकै समस्या भएको बताए । पृथ्वीचन्द्र अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नरुल होदाले सडकको धुलोले त्यस क्षेत्रका नागरिकमा स्वासप्रस्वास, एलर्जी, आँखा चिलाउने, खोकी लाग्नजस्ता रोगको समस्या देखिने गरेको उल्लेख गरे ।

 

वि.सं.२०८१ चैत २२ शुक्रवार १७:३८ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...