back
CTIZAN AD

नयाँ वर्षमा चुरे क्षेत्रको पर्यटन प्रवर्द्धनको चासो

वि.सं.२०८१ चैत २४ आइतवार

654 

shares

महोत्तरी । नयाँ वर्ष २०८२ सुरु हुन अझै एक साता बाँकी छ । तर महोत्तरीको सुदूरउत्तरी क्षेत्रका चुरे पर्वतीय शृङ्खला आसपासमा नयाँ वर्ष तयारीको चहलपहल सुरु भएको छ । विसं परम्पराको नयाँ वर्षसँग आफ्नै दैननदिनको सम्बन्धले यस दिनलाई विशेष बनाउन युवा पुस्ताले केही दिन पहिले नै तयारी थालेका हुन् । जिल्लाका सुदुर दक्षिणी भेगका युवाले चुरे क्षेत्रका पर्यटकीय सम्भावनाका ठाउँको अवलोकनलाई महत्व दिएका छन् ।

यसपालिको नयाँ वर्षलाई विशेष बनाउन सामूहिक वनभोजसँगै प्राकृतिक सम्पदाबारे नजिकबाट नियाल्ने केही युवा समूहको तयारी छ । “साथीहरूसँग रमाइलो गर्ने त छँदैछ, हामी यो अवसरलाई चुरे क्षेत्रको प्राकृतिक सम्पदाको भण्डारसँग पनि नजिकबाट हेर्न बुझ्न चाहन्छौँ”, भङ्गाहा–३ कटैयाका २५ वर्षीय सञ्जय यादव भन्छन्, “यसपालि हामीले नयाँ वर्षमा मधेसकै चुरेको सबैभन्दा अग्लो डाँडा चनौटे अवलोकनको योजना बुनेका छौँ ।”

चनौटेडाँडा मधेसमै फरक हावापानीको ठाउँका रूपमा चिनिन्छ । पूरै लेकाली हावापानीको चनौटेडाँडामा उच्च पहाडी क्षेत्रमा फल्ने फलफूल र तरकारी उब्जन्छन् । जुनार, सुन्तला, निबुवाजस्ता फलका रुख र स्कूस र चुच्चे करेलाजस्ता तरकारी यहाँ लटरम्म देखिन्छन् । आफ्नै जिल्लाको फरक भूगोलबारे जानकारी बढाउन यसपालि नयाँ वर्ष चनौटेडाँडामा मनाउने यादवको भनाइ छ । तलको मैदानमा अचाक्ली गर्मी बढिरहेका बेला हावापानीको फरक महसुस चनौटेले गराउने उनी बताउँछन् ।

कतिको गन्तव्य सोलीघोप्टे डाँडा छ, कतिको गिद्धबास । सोलीघोप्टे महोत्तरीको चुरे पर्वतीय शृङ्खलाको जडीबुटीको भण्डार मानिन्छ । यसैगरी राइमण्डलडाँडामा लोपोन्मुख गिद्धको बासस्थान भेटिएको छ । रमाउने अवसरमा यी ठाउँबारे सार्वजनिक चासो बढाउन यसपालि नयाँ वर्षमा जिल्लाको भारतीय सीमावर्ती मटिहानीका युवाले यी ठाउँलाई रोजेका छन् ।

“नयाँ वर्षमा साथीहरुलाई चुरेका सोलीघोप्टे र गिद्धबाससहितका ठाउँको सामूहिक अवलोकन गराउँछौँ”, मटिहानी–८ का ३० वर्षीय इसराफुल राइन भन्छन्,“यी ठाउँ मटिहानीका साथीहरुका लागि नौला हुनेछन् ।”

चुरे शृङ्खला र त्यसका आसपासका कैयन ठाउँ पौराणिक र ऐतिहासिक महत्वका छन् । यी ठाउँबारे युवामा चासो बढ्नु सकारात्मक भएको बर्दिबास–५ का वडाध्यक्ष काहारमान स्याङ्वा बताउँछन् । चुरे र यस आसपासका राइमण्डलधाम, पञ्चधुरा माईस्थान, कालापानी उद्यान, टुटेश्वरनाथ, पाषाण युगकालीन हतियार कारखाना र झ्याउरेभाङ्रे एवं छोड्केसहितका ठाउँ अध्ययनकर्ताका लागि विशेष हुनसक्ने स्याङ्वा बताउँछन् ।

“महोत्तरीको चुरे पर्वत श्रेणी र काछमा २० भन्दा बढी बस्ती छन्,” स्याङ्वा भन्छन्, “युवाले आफ्नो ठाउँबारे दिएको चासोले हामी उत्साहित छौँ ।”

चुरे शृङ्खलाको पाहाडि थुम्कोमा अवस्थित टटेुश्वरनाथ महादेव मन्दिर ‘मधेसको कैलास’ र नेपालको ‘बाबाधाम’का नामले पनि चिनिन्छ । द्वापर युगमा वनबासमा रहेका पाण्डवले गुप्तबास सफलताका लागि यहीँ नै भगवान् शिवबाट वरदान पाएको बुढापाका बताउँछन् । बर्दिबास—३ को राइमण्डलधाम दानवले दुःख दिएपछि स्वर्गका राजा इन्द्रले तपस्या गरेर शिवजीलाई प्रसन्न गराएको ठाउँ भएको विश्वास गरिन्छ । यहाँ इन्द्रले नै स्थापना गरेको विश्वास गरिएको इन्द्रेश्वर शिवलिङ्ग छ । नजिकै पाषाण युगकालीन हतियार कारखानाको अवशेष फेला परेको छ । कारखानाबारे पुरातत्व विभागले थप खोजअनुसन्धान बढाएको बर्दिबास–३ का वडाध्यक्ष विराट विष्ट बताउँछन् ।

यसैगरी गिद्धबास र सिद्धगुफा पनि राइमण्डलधाममाथिको डाँडामा अवस्थित छ । यी ठाउँबारे विभिन्न अवसर पारेर अहिले अवलोकन गर्ने बढ्दै गएका उनको भनाइ छ । युवाको चासोमा चुरे क्षेत्र पर्नु यहाँका पर्यटकीय सम्भावनालाई पहिल्याउन र प्रवर्द्धन गर्न सहयोगी हुने देखिन्छ । चुरेकाछका पर्वतीय शृङ्खलाका फराकिला टार, सघन लताकुञ्ज र बुट्यान भएका फाँट पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ । रासस/फाइल फोटो

वि.सं.२०८१ चैत २४ आइतवार ०९:०१ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...