back
CTIZAN AD

किर्ते कागजात बनाएर वन फँडानी गर्ने पक्राउ

वि.सं.२०८१ चैत २६ मंगलवार

633 

shares

अछाम । जिल्लाको कमलबजार नगरपालिका–५ स्थित पाँचुल्ली चैतेपातल सामुदायिक वन समितिको किर्ते कागजात बनाएर फडानी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सो वन समितिका सचिव छत्रराज तिमल्सेना रहेका छन् । उनले पाँचुल्ली चैतेपातल सामुदायिक वन उपभोक्ता समितिको नाममा नक्कली कागजात बनाई वन डिभिजन कार्यालय मङ्गलसेनबाट चोत्रो (डाँठ, पात, बोक्रा) पैदावार बिक्री गर्ने अनुमति लिएर फडानी गरेको डिभिजन वन कार्यालय अछामका प्रमुख जनक पाध्याले जानकारी दिए ।

उनले पक्राउ परेका तिमल्सेनालाई डिभिजन वन कार्यालयको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धानको प्रक्रिया अगाडि बढिसकेको बताए । वन ऐन, २०७६ अनुसार रु दुई लाखभन्दा बढी बिगो भएको र एक वर्षभन्दा बढी कैद हुने अवस्थाका मुद्दा अदालतमा जाने र अन्य मुद्दा वन डिभिजनले नै हेर्ने कानुनी व्यवस्था रहेको छ ।

सामुदायिक वनबाट चार हजार किलो चोत्रो (डाँठ, पात, बोक्रा) फडानी गरिएको छ । चोत्रो (डाँठ, पात, बोक्रा)को प्रति किलो रु १० बिगो हुने भएकाले रु ४० हजार जरिवाना हुने र अनुसन्धानमा केही थप देखिएमा सोही दफाअनुसार कारबाही हुने पाध्याको भनाइ छ । नक्कली कागजात तयार पारेर वन पैदावरको अनुमति लिनका लागि अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान भइरहेको जनाइएको छ ।रासस/ फाइल फोटो

वि.सं.२०८१ चैत २६ मंगलवार १२:०७ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...