back
CTIZAN AD

दक्षिण कोरियामा राष्ट्रपति निर्वाचन जुन ३ मा हुने

वि.सं.२०८१ चैत २६ मंगलवार

633 

shares

सियोल । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले मङ्गलबार जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गरेका छन् । मुलुकका पूर्वराष्ट्रपति युन सुक योलको मार्शल ल घोषणाको विनाशकारी प्रयासपछि उनलाई पदबाट हटाइएपछि यो निर्णय आएको हो ।

पूर्वराष्ट्रपति युनले नागरिक शासन अवरुद्ध गर्ने प्रयास गरेको तर सांसदहरूद्वारा तुरुन्तै महाभियोग लगाइएको र पदबाट निलम्बन गरिएपछि दक्षिण कोरिया डिसेम्बरदेखि प्रभावकारी रूपमा नेतृत्वविहीन रहेको छ ।

गत हप्ता अदालतले उनको महाभियोगलाई सदर गरेको थियो । उक्त फैसलाले उनलाई शीर्ष पदबाट हटाएसँगै ६० दिनभित्र नयाँ निर्वाचन गराउनुपर्ने प्रावधानअनुसार नयाँ निर्वाचनको मार्ग खुलेको हो ।

सरकारले ‘राष्ट्रिय निर्वाचन आयोग र अन्य सम्बन्धित निकायहरूसँग छलफल गरेको’ प्रधानमन्त्री हान डक–सुले मङ्गलबार बताए ।

यसले ‘सहज निर्वाचन सञ्चालन सुनिश्चित गर्न र राजनीतिक दलहरूलाई तयारीका लागि पर्याप्त समय दिन आवश्यक छ’ भन्ने कुरालाई पनि ध्यानमा राखेको उनले बताए ।

फलस्वरूप ‘दक्षिण कोरियाको २१औँ राष्ट्रपति निर्वाचनको मिति जुन ३ तोक्ने निर्णय गरेको’ भन्दै उनले मतदानलाई सहज बनाउन त्यस दिनलाई अस्थायी सार्वजनिक बिदाका रूपमा तोकिने जानकारी दिए ।

प्रधानमन्त्री हानले मन्त्रालय र राष्ट्रिय निर्वाचन आयोगलाई ‘पहिलेभन्दा निष्पक्ष र पारदर्शी एवं जनताको विश्वास कमाउन सक्ने निर्वाचन सुनिश्चित गर्न पूर्ण तयारी गर्न’ आह्वान गरे ।

नियमित निर्वाचनमा राष्ट्रपति–निर्वाचित व्यक्तिलाई दुई महिनाको सङ्क्रमणकालीन अवधि दिइन्छ भने जुन ३ को निर्वाचनमा विजयी हुने व्यक्ति अर्को दिनै पदमा नियुक्त हुनेछन् ।

अहिलेका लागि प्रधानमन्त्री हानले कार्यवाहक राष्ट्रपतिका रूपमा सरकार चलाइरहेका छन् । संवैधानिक अदालतले उनको आफ्नै महाभियोगलाई खारेज गरेपछि उनले भर्खरै पुनः काम सुरु गरेका हुन् ।

चुनावी अभियान मे देखि शुरु

राष्ट्रपति निर्वाचन सामान्यतया बुधबारहरूमा गरिन्छ तर रिक्त पदपूर्तिका लागि आयोजित आकस्मिक मतदानका लागि कुनै विशेष दिन तोकिएको छैन ।

आधिकारिक चुनावी अभियान मे १२ देखि जुन २ सम्म चल्नेछ ।

विपक्षी नेता ली जे–म्युङ अहिलेसम्मको जनमत सर्वेक्षणमा अग्रस्थानमा रहनुभएको छ । पछिल्लो ग्यालप सर्वेक्षण अनुसार उहाँको समर्थन दर ३४ प्रतिशत रहेको छ ।

उनको पार्टीले पहिले नै राष्ट्रिय विधानसभामा नियन्त्रण गरेको छ ।

सन् २०२२ को राष्ट्रपति चुनावमा उनी युनसँग थोरै मतले पराजित भए तर चलिरहेको मुद्दासहित कानूनी समस्याहरूले छायामा पारेको करियरका बाबजुद मुख्य विपक्षी दलका नेताका रूपमा राजनीतिक पुनरागमन गरे ।

दोस्रो स्थानमा श्रममन्त्री किम मुन–सु छन् ।

नौ प्रतिशत मत पाउँदै उनले युनको पिपल्स पावर पार्टीका चुनौतीकर्ताहरूको समूहको अगुवाइ गर्दै छन् । यसमा पूर्व पार्टी प्रमुख हान डोङ–हुन पनि समावेश छन् ।

लाखौँ कोरियालीले शुक्रबार संवैधानिक अदालतले युनलाई पदबाट हटाउने फैसला प्रत्यक्ष टेलिभिजनमा हेरेका थिए ।

यूनले सांसदहरूलाई आफ्नो आदेशलाई मतदान गर्नबाट रोक्नका लागि सशस्त्र सैनिकहरू संसद्मा पठाएका थिए । उक्त आदेशलाई अदालतले ‘राजनीतिक उद्देश्यका लागि’ सेना तैनाथ गरेको बताएको छ ।

युन सन् २०१७ मा पार्क ग्युन–हाइपछि अदालतले महाभियोग लगाउने दोस्रो दक्षिण कोरियाली नेता हन् ।

दक्षिण कोरियाले मार्शल ल घोषणा गरेदेखि चार महिना राज्यका प्रभावकारी प्रमुख बिना बिताएको छ ।

नेतृत्वको अभावमा देशले विमान दुर्घटना र देशको इतिहासमा सबैभन्दा घातक डढेलो लगायत विभिन्न सङ्कट र चुनौतीहरू भोग्नुपरेको छ ।

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी तथाकथित पारस्परिक करहरू लगाएपछि दक्षिण कोरियामाथि प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकामा गरिने निर्यातमा २५ प्रतिशत भन्सार महसुल लगाइएको थियो ।

युनले मार्शल ल प्रयाससँग सम्बन्धित विद्रोहको आरोपमा अलग फौजदारी मुद्दाको सामना पनि गरिरहेका छन् । एएफपी

वि.सं.२०८१ चैत २६ मंगलवार १४:०७ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...