back
CTIZAN AD

उपमहानगरपालिकाद्वारा आवासीय बिमा कार्यक्रम सुरु

वि.सं.२०८१ चैत २८ बिहीवार

744 

shares

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले वडा नं ३ र ७ मा आवासीय घर बिमा कार्यक्रम सुरु गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बीमितलाई बिमाको प्रमाणपत्र हस्तान्तरण गरेर बुधबारदेखि आवासीय बिमा सुरु गरेका हुन् ।

उपमहानगरप्रमुख विष्टले आवासीय घर बिमा कार्यक्रमले विपद् जोखिममा रहेका परिवारलाई आर्थिक रूपले सशक्त बनाउन खोजिएको बताए । उनले विपद्पछि पनि परिवारमा थप पीडा नहोस् भनेर न्यून आय भएका परिवारलाई लक्षित गरेर आवासीय बीमा कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

“भूकम्प, बाढी तथा डुबान, आगलागीबाट हुन सक्ने जोखिमलाई यसले ठूलो राहत दिन सक्छ,” उनले भने । विपद् जोखिम न्यूनीकरणका लागि सुरु गरिएको यस कार्यक्रममा पहिलो चरणमा दुई वडाका दुई वडाका करिब ७५० घरमध्ये १५१ समावेश हुनेछन् । दुई वडामध्ये नेपालगञ्ज–३ का १०९ र ७ का ४२ घर समेटिएका छन् । विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाइसकेका छौँ । यसले विपद्पछिको पीडा कम गर्न काम गर्ने छ”, नगरप्रमुख विष्टले भने ।

उपमहानगरपालिका विपद् व्यवस्थापन समिति संयोजक समीरप्रताप सिंहले विपद् दुर्घटना बिमा र जोखिमग्रस्त क्षेत्रका वडामा आवास बिमा कार्यक्रम अगाडि बढाइएको बताए । आवासीय घर बिमाका लागि उपमहानगरपालिकाले रु १५ लाखसम्मको बीमा गर्दा प्रिमियम तिरिदिने तथा रु १५ लाखभन्दा माथिको हकमा व्यक्ति स्वयंले प्रिमियम तिर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

रु पन्ध्र लाखको बिमा गर्दा ५८४ प्रिमियम पर्दछ । त्यसका लागि राष्ट्रिय बीमा कम्पनीसँग सहकार्य गरिएको छ । राष्ट्रिय बिमा कम्पनी नेपालगञ्जका प्रबन्धक नवीन शर्मा पौडेलले बिमा भएका घरमा मृत्यु, घाइते वा घरमा क्षति भएको हकमा अलग अलग बिमा हुने जानकारी दिए ।

पालिकाको वडा नं ३ र ७ मा आवासीय घरको घनत्व बढी हुँदा बाटो साँघुरो र पुरानो बस्ती भएकाले विपद् जोखिम बढी छ । घर जीर्ण भएकाले ती स्थानबाट आवासीय घर बिमा कार्यक्रम कार्यान्वयन गर्न लागिएकोे उपमहानगरपालिकाले जनाएको छ । यहाँ सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) सञ्चालनमा छ ।रासस/सांकेतिक फोटो

 

वि.सं.२०८१ चैत २८ बिहीवार ०९:०५ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...