back
CTIZAN AD

अवैध लागुऔषधसहित १७ जना पक्राउ

वि.सं.२०८१ चैत ३१ आइतवार

651 

shares
काठमाडौं । अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । काठमाडौं, ललितपुर, मकवानपुर, सुनसरी, कैलाली, तेह्रथुमलगायत जिल्लाबाट प्रतिबन्धित लागुऔषधसहित १७ जना पक्राउ परेका हुन् ।
काठमाडौं महानगरपालिका–१३ बाफलबाट नागार्जुन नगरपालिका–७ हसनटार बस्ने लमजुङ बेँसीसहर नगरपालिका–२ घर भएका ३० वर्षीय सन्दिप बोहरा, ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थितबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद रु ९० हजारसहित मोरङ बेलवारी नगरपालिका–८ घर भई काठमाडौँ कपन बस्ने २० वर्षीया प्रमिला तामाङ र विराटनगर महानगरपालिका–११ घर भई काठमाडौँ पुरानो बानेश्वर बस्ने २१ वर्षीय सोनाम साह पक्राउ परेका प्रहरीले जनाएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ बाट धनुषा महेन्द्रनगर घर भई बारा जीतपुरसिमरा उपमहानगरपालिका–३ बस्ने २९ वर्षीय जुनेत अन्सारीसहित तीन जना पक्राउ परेका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बिजला टोलबाट सोही ठाउँका २४ वर्षीय अभिषेककुमार चौधरी र रामधुनी नगरपालिका–३ बस्ने २२ वर्षीय मनिष तामाङ, भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान रोडबाट सोही ठाउँका १४ वर्षीय किशोर पक्राउ परेका इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–७ लाक्चाम टोलबाट म्याङलुङ–८ कोबेकका १८ वर्षीय किशोर पक्राउ परेका प्रहरी चौकी जिरीखिम्तिले जनाएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट गोदावरी नगरपालिका–१० बस्ने २३ वर्षीय महेश बोगटी, धनगढी उपमहानगरपालिका–२ बाट कञ्चनपुर कृष्णपुर नगरपालिका–७ बस्ने २९ वर्षीय मनोज राना र २९ वर्षीय सोहन राना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गौरीगङ्गा नगरपालिका–३ कुचैनीबाट सोही स्थानका १५ वर्षीय किशोर, धनगढी–२ बाट गोदावरी–२ बस्ने २१ वर्षीय अमिश सार्की, जानकी गाउँपालिका–३ बाट सोही स्थानका २७ वर्षीय भुवन कठरिया र २२ वर्षीय राकेश डगौरा थारू पक्राउ परेका प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०८१ चैत ३१ आइतवार १३:३४ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...