
काठमाडौं । नेपाल बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बिशेष साधारण सभा स्थगन गर्ने र्निेशन दिएको छ ।
वार्षिक साधारणसभा सकिएको केही दिन नबित्दै गार्डियन माइक्रो लाइफले विशेष साधारण सभा डाकेको थियो । सभाबाट सभामार्फत १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने बिषयमा ध्यानाकर्षण जनाउँदै प्रधिकरणले स्पष्टीकरण मागेको थियो ।
कम्पनीले प्रधिकरणसँग हकप्रद शेयर जारी गर्ने बिषयमा पूर्वस्किृत लिएको थिएन् त्यसपछि गत गत चैत २८ गते बीमा प्राधिकरणले ३ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पठाउन कम्पनीलाई निर्देशन दिएको थियो ।
बीमा प्राधिकरणले विशेष साधारण सभामार्फत १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने बिषयमा ध्यानाकर्षण जनाउँदै स्पष्टीकरण मागेको थियो
हकप्रद शेयरको प्रलोभन देखाएर शेयर बजारमा चलखेल गरेर कम्पनीका शेयरभाउ बढाएको भन्दै चौतर्फी आलोचना पनि भएको थियो । प्रारम्भिक कारोबार प्रतिकित्ता ३०१ रुपैयाँबाट सुरु भएको कम्पनीको शेयरभाउ आज प्रतिकित्ता २ हजार ५११ रुपैयाँ कायम भएको छ ।
कम्पनीबाट चित्तोबुझ्दो जबाफ नपाएपछि बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफलाई वैशाख २ गते विशेष साधारणसभा स्थगित गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनबमोजिमे आज वैशाख ३ गते बसेको बैठकले विशेष साधारणसभा स्थगित गरेको छ।
वि.सं.२०८२ वैशाख ४ बिहीवार १३:१४ मा प्रकाशित