
काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ । बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका–१ पकडी स्थित निवासमै अध्यक्ष चौधरीमाथि गोली प्रहार भएको हो ।
राति शौचालय गएर फर्कने क्रममा चौधरीलाई लक्षित गरि घरको कम्पाउण्ड बाहिरबाट गोली प्रहार भएको थियो । तर, उक्त गोलीबाट छलिएकाले आफुलाई कुनै चोटपटक नलागेको उनले बताएका छन् ।
घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।
वि.सं.२०८२ वैशाख ५ शुक्रवार १०:१६ मा प्रकाशित