back
CTIZAN AD

किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै पालिका

वि.सं.२०८२ वैशाख ५ शुक्रवार

777 

shares

अर्घाखाँची । जिल्लाको मालारानीमा किसानहरूले व्यावसायिक रूपमा आधुनिक प्रविधिबाट कृषि र पशुपालन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । आफ्नै गाउँमा पसिना बगाएर स्वरोजगारसँगै आर्थिक आम्दानी गर्न सकिन्छ भन्ने सोचका साथ यहाँका किसान व्यावसायिक कृषि र पशुपालनमा लागेका हुन् ।

परम्परागत बाख्रापालन गर्दै आएका किसानलाई मालारानी गाउँपालिकाले मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सञ्चालन गरेर आधुनिक र प्रविधिमैत्री बनाएको छ ।

मालारानी–६ गौराडाँडाका किसान प्रेमबहादुर घर्ती मगरले विदेशमा रोजगारीबाट फर्किएर आधुनिक प्रविधिबाट बाख्रापालन सुरु गरेको बताए । स्वदेशमा केही गर्नुपर्छ र गाउँमा पनि कृषि र पशुपालनबाट जीविकोपार्जन गर्न सकिन्छ भन्ने मान्यताका साथ आधुनिक खोर निर्माण गरेर बाख्रापालन सुरु गरेको उनले उल्लेख गरे । गाउँपालिकाले हेफरको साझेदारीमा बाख्रापालनमा विभिन्न किसिमको सहयोग गरेपछि सजिलो भएको उनको भनाइ छ ।

मालारानी गाउँपालिका र हेफर परियोजना नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण तथा सामुदायिक स्वास्थ्य विकास केन्द्र, नेपालको सहजीकरणमा मालारानी गाउँपालिकामा सञ्चालन भएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना यहाँका नौ वटै वडामा सञ्चालन भएका गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले जानकारी दिए ।

एक हजार ३५० महिला र एक सय ५० युवा गरी एक हजार ५०० परिवारलाई ६० वटा उद्यमी समूहमा आवद्ध गरी सहकारीमा सङ्गठित गर्दै सामाजिक पुँजीको अभिवृद्धी गर्ने उद्देश्य राखिएको गाउँपालिकाले जनाएको छ ।

सुधारिएको बाख्रा व्यवस्थापन र उन्नत प्रविधिको अनुशरणबाट बाख्राको उत्पादन, उत्पादकत्व र उद्यमशीलता अभिवृद्धि गर्ने, उन्नत नश्लका बीउ बाख्राको प्रवद्र्धन तथा घाँसखेतीको प्रवद्र्धन गर्ने, किसान परिवारलाई प्राविधिक तथा क्षमता विकासका तालिमलगायत काम सुरु गरेपछि किसान लाभान्वित हुन थालेका पालिकाका अध्यक्ष भट्टराईले बताए ।

महिला समूह तथा युवा समूह गठन तथा परिचालन, सहकारी संस्थाको सुशासन तथा संस्थागत विकास र सुदृढिकरण, उत्पादित कृषि तथा पशु उपजको सङ्कलन, बजारीकरण तथा व्यवस्थित सङ्कलन केन्द्र विकास गर्दै बाख्रा, दूध, तरकारी तथा फलफूल व्यवसायका अतिरिक्त खोर, गोठ सुधार र जिउँदो पशुपंक्षी तौलने उपकरणको व्यवस्थासमेत यस परियोजनामार्फत गरिँदै आइएको हेफर इन्टरनेशनलका वरिष्ठ कार्यक्रम अधिकृत राधाकृष्ण शर्माले जानकारी दिए ।

कृषि र पशुपालनको माध्यमबाट स्थानीयलाई स्वरोजगार र आर्थिक रूपमा सक्षम बनाउन सकिन्छ भन्ने मान्यताका साथ पालिकामा रहेका नौ वटै वडामा खाद्यान्न तथा नगदेबाली, तरकारी, बाख्रा विकास, गाईभैँसी प्रवद्र्धन, महिला सशक्तिकरण तथा क्षमता विकास, कृषि तथा पशुवस्तुको बजारीकरण, चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन र सहकारी संस्थाको संस्थागत विकास तथा सुशासनका क्षेत्रमा कार्यक्रम सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताए । उनका अनुसार यसको मुख्य उद्देश्य लक्षित परिवारको वार्षिक आम्दानीमा वृद्धि तथा रोजगार सिर्जना गरी जीविकोपार्जनमा सुधार गर्नु रहेको छ ।

किसानलाई स्वावलम्बी समूह तथा सहकारीमा आवद्ध गर्दै सामाजिक पुँजीको अभिवृद्धि गर्नु, व्यावसायिक कृषि तथा पशुवस्तुको उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्नु, सहकारीलाई व्यवसाय केन्द्रका रूपमा विकास गरी सामूहिक बजारीकरणका लागि सक्षम बनाउने काम पनि उक्त परियोजनाले गर्दै आएको छ । निजी क्षेत्रको सहकार्यमा बजारसम्बन्ध विस्तार गर्ने कार्यसमेत गरिँदै आइएको परियोजना संयोजक दिनेश बेल्वासेले जानकारी दिए । उनका अनुसार परियोजनाको कूल बजेट रु तीन करोड ३३ लाख ३३ हजार ३३३ रहेको छ ।

मालारानी गाउँपालिकाको रु दुई करोड ३३ लाख ३३ हजार ३३३ र बाँकी हेफर परियोजनाले बजेट विनियोजन गरेका परियोजनाका लेखा अधिकृत अर्जुन खनालले जानकारी दिए ।

कार्यक्रम सञ्चालनको अवस्था र कार्यान्वयन तथा बाख्रापालनको मालारानी गाउँपालिकाका अध्यक्ष भट्टराईको संयोजकत्वमा भएको अनुगमन टोलीले स्थलगत अनुगमन गरेको हो । अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत भट्टराई, योजना अधिकृत नेत्रप्रसाद खनाल, हेफर इन्टरनेश्नलका वरिष्ठ कार्यक्रम अधिकृत शर्मा, सल्लाहकार शम्भुप्रसाद पोख्रेल, परियोजना संयोजक बेल्वासे, स्रोत व्यक्ति प्रभा पोख्रेल, लेखा अधिकृत खनाललगायत कर्मचारीको सहभागिता थियो । रासस/फाइल फोटो

 

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १४:०३ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...