back
CTIZAN AD

लामो समयको खडेरीले निरास बनेका किसान वर्षा भएपछि उत्साहित

वि.सं.२०८२ वैशाख ७ आइतवार

621 

shares

तानसेन (पाल्पा) । समयमै परेको पानीले नै किसानको मुहारमा खुसी छाएको छ । लामो समयको खडेरीले निरास बनेका यहाँका किसान वैशाख लागेयता खुसी भएका छन् । मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका किसान वर्षा भएपछि उत्साहित भएका हुन् ।

“सिँचाइ सुविधा नभएर मकै छर्न पाएका थिएनौँ । वर्षापछि मकै छर्ने तयारी गरेका छौँ”, तिनाउ गाउँपालिका कचलका थर्कबहादुर बगालेले भने । मकै छरिसकेका किसान पनि वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन् । “खडेरीले मकै खेतमै सुक्न थालेको थियो । यो वर्षाले धेरै राहत पुर्यायो”, माथागढीकी मीना खाम्चाले भने, “सिँचाइ सुविधा नभएको हाम्रोजस्तो ठाउँका लागि वर्षाले सघाएको हो ।”

हिजोआज वर्षा भएपछि मकै छर्न तथा अन्य बालीनाली लगाउन सहज भएको बगनासकाली गाउँपालिका–२ का रमेश न्यौपानेले बताए । उनले भने, “लामो समयको खडेरीपछि पानी परेको छ, अब बारीमा मकै छर्ने तयारी गर्दैछौँ”, सिँचाइका लागि अकासे पानीमा निर्भर रहेका किसानका लागि अहिलेको पानीले खुसी दिएको छ । “बारीमा मकै छर्ने बेला भएको थियो, पानी नपर्दा छर्न पाएका थिएनौँ, ढिलाइ भए पनि छर्न पाउने भयौँ”, पाल्पाको रिब्दीकोट गाउँपालिका सिरुखर्ककी अञ्जु थापाले भनिन् । सुक्खा रहेको खेतबारी वर्षाले चिस्यान भएको छ ।

लामो समयसम्मको खडेरीले खेतबारीमा लगाएको तरकारी फस्टाउन पाएको थिएन । जिल्लाका अधिकांश ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि किसानले त्यसको तयारी गरेका छन् । खेतमा मकै छरिसकेका किसान पनि वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन् । अहिले पाल्पाका अधिकांस बारीमा गहुँ पाकेको छ भने केही ठाउँमा गहुँ स्याहारेर मकै छर्ने तयारीमा किसान छन् ।

वर्षाले अकासे पानीको भर पाखो बारीमा खेती गरिने मकै, अदुवा, पिँडालु, हलेदो र तरकारीखेतीलाई सहयोग पुर्याएको छ । पानी नपर्दा मकै छर्न नपाएकाले छर्न पाएको र छरेका मकै खडेरीले सुक्न लागेका बेला वर्षाले किसानलाई राहत मिलेको हो । कुलो, नहर, थोपाइ सिँचाइ माध्यमबाट सिँचाइ हुने जग्गामा पानीको अभाव नभए पनि पाखो बारी, सिँचाइ नलाग्ने जग्गामा लगाएका बाली खडेरीले मर्न लागेका थिए । लामो समय समयसम्म खडेरी पर्दा समय घर्किने पिरमा परेका कृषक हाल पानी परेपछि राहत महसुस गरेको बताएका छन् । चैत अन्तिमसम्म पनि पानी नपर्दा मकै धेरैले छर्न नपाएकामा पानी परेपछि पाल्पासहित पहाडी जिल्लाका किसानलाई छर्न चटारो छ ।

जिल्लामा सबैजसो ठाउँमा सिँचाइको पर्याप्त व्यवस्था नहुँदा किसान अकासे पानीमा भर पर्नुपर्ने बाध्यता छ । पाल्पामा आठ हजार आठ सय पाँच हेक्टर खेतमा वर्षायाममा सिँचाइ सुविधा उपलब्ध छ । वर्षैभरि तीन हजार ९३४ हेक्टर क्षेत्रफलमा सिँचाइ हुन्छ भने मौसमी सिँचाइ चार हजार ८७१ हेक्टरमा गर्न सकिन्छ ।रासस/फाइल फोटो

 

वि.सं.२०८२ वैशाख ७ आइतवार ०७:२० मा प्रकाशित

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...