back

तटबन्ध नहुँदा बस्ती जोखिममा

वि.सं.२०८२ वैशाख ७ आइतवार

213 

shares
GLOBAL IME AD
NTC AD

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाको बादी बस्ती वनहरा नदीको उच्च जोखिममा छ । नदी तटीय क्षेत्रमा रहेको बस्ती क्षेत्रतर्फ सोझिएको नदीले बर्सेनि जग्गा कटान गर्दै आएको छ ।

गुरुयोजना निर्माण गरी बस्ती जोगाउन तटबन्धको भरपर्दो व्यवस्था गरिदिनुपर्ने बस्तीका अगुव पदम राना (बादी)ले बताए । “नदी नियन्त्रण गरी भूक्षय भइरहेको जग्गा जोगाउन धेरै वर्षदेखि माग गर्दै आएका छौँ”, उनले भने, “भरपर्दो व्यवस्था हुनसकेको छैन ।”

बर्खा आउन केही महिना मात्र बाँकी रहेकाले नदी छेउमा रहेकाहरु चिन्तामा छन् । गुन्याँलफाँटामा ५० घर बादी समुदाय र एक सयभन्दा बढी घर दलित समुदायका छन् । विसं २०६४ मा नदीमा आएको बाढीले सात परिवार बादी विस्थापनमा परेका थिए ।

नदीले वर्षात्का बेला बस्तीतर्फ कटान गर्ने भएकाले थोरै जग्गा भूक्षय भएमा पनि चार घर विस्थापनमा पर्ने देखिएको पदम बादीले बताए । बस्दै आएको ठाउँमा रहेको पाँच कट्ठा जग्गा पूरै गत वर्ष आएको बाढीले बगाएर लगेको केशव बादीले बताए ।

“नदीले जग्गा कटानी गरी बगाएपछि ६ धुरमा बनेको टहरा मात्र बाँकी छ”, उनले भने, “परिवारको खर्चको जोहो मिलाउन भारततर्फ गएर मजदुरी गरौँला, त्यो कार्य वर्षौँदेखि गर्दै आएका छौँ, बास बस्ने टहरा नै नदीले बगाए कहाँ बस्ने भन्ने चिन्ताले सताउन थालेको छ ।”

स्थानीय दुरादेवी कुमालका अनुसार बस्ती जोगाउन वर्षौँ पहिले बनाइएका तटबन्ध ठाउँठाउँमा भत्किएका छन् । बाढी आए बस्ती नै छाडेर सुरक्षित सडक क्षेत्रमा खुला अकाशमा रात बिताउनुपर्ने विगतको बाध्यता उल्लेख गर्दै उनले अहिलेसम्म भरपर्दो तटबन्ध निर्माण नहँुदा बस्ती छाड्नुपर्ने बाध्यता बनेको बताए । रासस/फाइल फोटो

 

वि.सं.२०८२ वैशाख ७ आइतवार ०७:४७ मा प्रकाशित

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

कैलाली । कैलालीका विभिन्न नदीबगरमा खरबुजाखेती गरेका किसानको यतिबेला बिक्रीकेन्द्र...

भूमिहीन भएको चवालीस वर्षपछि जग्गाधनी

भूमिहीन भएको चवालीस वर्षपछि जग्गाधनी

राँझा (बाँके) । पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि...

छ महिनापछि गाउँ फर्किए टिंकरवासी

छ महिनापछि गाउँ फर्किए टिंकरवासी

नरेन्द्रसिंह कार्की, दार्चुला । दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय...

मलेसियाबाट फर्केर तरकारी उत्पादनमा मुस्कान

मलेसियाबाट फर्केर तरकारी उत्पादनमा मुस्कान

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मुस्कान चौधरी विदेशबाट फर्केपछि व्यावसायिक...

विद्युत् सर्ट भएर आगलागी हुँदा रु १३ लाख बराबरको क्षति

विद्युत् सर्ट भएर आगलागी हुँदा रु १३ लाख बराबरको क्षति

बैतडी । विद्युत् सर्ट भएर बैतडीमा आज बिहान एक घरमा...