back
CTIZAN AD

तटबन्ध नहुँदा बस्ती जोखिममा

वि.सं.२०८२ वैशाख ७ आइतवार

672 

shares

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाको बादी बस्ती वनहरा नदीको उच्च जोखिममा छ । नदी तटीय क्षेत्रमा रहेको बस्ती क्षेत्रतर्फ सोझिएको नदीले बर्सेनि जग्गा कटान गर्दै आएको छ ।

गुरुयोजना निर्माण गरी बस्ती जोगाउन तटबन्धको भरपर्दो व्यवस्था गरिदिनुपर्ने बस्तीका अगुव पदम राना (बादी)ले बताए । “नदी नियन्त्रण गरी भूक्षय भइरहेको जग्गा जोगाउन धेरै वर्षदेखि माग गर्दै आएका छौँ”, उनले भने, “भरपर्दो व्यवस्था हुनसकेको छैन ।”

बर्खा आउन केही महिना मात्र बाँकी रहेकाले नदी छेउमा रहेकाहरु चिन्तामा छन् । गुन्याँलफाँटामा ५० घर बादी समुदाय र एक सयभन्दा बढी घर दलित समुदायका छन् । विसं २०६४ मा नदीमा आएको बाढीले सात परिवार बादी विस्थापनमा परेका थिए ।

नदीले वर्षात्का बेला बस्तीतर्फ कटान गर्ने भएकाले थोरै जग्गा भूक्षय भएमा पनि चार घर विस्थापनमा पर्ने देखिएको पदम बादीले बताए । बस्दै आएको ठाउँमा रहेको पाँच कट्ठा जग्गा पूरै गत वर्ष आएको बाढीले बगाएर लगेको केशव बादीले बताए ।

“नदीले जग्गा कटानी गरी बगाएपछि ६ धुरमा बनेको टहरा मात्र बाँकी छ”, उनले भने, “परिवारको खर्चको जोहो मिलाउन भारततर्फ गएर मजदुरी गरौँला, त्यो कार्य वर्षौँदेखि गर्दै आएका छौँ, बास बस्ने टहरा नै नदीले बगाए कहाँ बस्ने भन्ने चिन्ताले सताउन थालेको छ ।”

स्थानीय दुरादेवी कुमालका अनुसार बस्ती जोगाउन वर्षौँ पहिले बनाइएका तटबन्ध ठाउँठाउँमा भत्किएका छन् । बाढी आए बस्ती नै छाडेर सुरक्षित सडक क्षेत्रमा खुला अकाशमा रात बिताउनुपर्ने विगतको बाध्यता उल्लेख गर्दै उनले अहिलेसम्म भरपर्दो तटबन्ध निर्माण नहँुदा बस्ती छाड्नुपर्ने बाध्यता बनेको बताए । रासस/फाइल फोटो

 

वि.सं.२०८२ वैशाख ७ आइतवार ०७:४७ मा प्रकाशित

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर । समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर...

बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुरा । अविरल वर्षासँगै आएको पहिरोका कारण बाजुराको बडिमालिका नगरपालिका–९...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...