back
CTIZAN AD

शिक्षकहरूलाई विद्यालय सञ्चालन गर्न बिरुवा गाउँपालिकाको आग्रह

वि.सं.२०८२ वैशाख १० बुधवार

1.5K 

shares
स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले संस्थागत विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका तथा कर्मचारीहरूलाई विद्यालय खोलेर भर्ना तथा पठनपाठनका गतिविधि सञ्चालन गर्न अनुरोध गरेको छ ।
मङ्गलवार गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरद्वारा हस्ताक्षरित एक सूचना प्रकाशित गर्दै गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरूले तत्काल विद्यालय सञ्चालन गरी भर्ना, पठनपाठन लगायत सम्पूर्ण क्रियाकलाप सुचारु गर्न अनुरोध गरेको हो ।
गाउँपालिकाले सूचनामार्फत लामो समय देखि देशमा चलिरहेको शिक्षक आन्दोलनले शैक्षिक सत्र २०८२ सालको विद्यालय भर्ना, कक्षा सञ्चालन तथा पठनपाठनमा बाधा परेको भनी अभिभावक तथा सरोकारवालाको गुनासो आएकाले सूचना प्रकाशन गरेर विद्यालयका गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ ।
नयाँ शैक्षिक सत्र सुरु भएदेखि हालसम्म कुनै पनि संस्थागत विद्यालय सञ्चालन नभएको पाइएकाले समेत विद्यालय सञ्चालन गर्न आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष कुँवरले बताएका छन् ।

वि.सं.२०८२ वैशाख १० बुधवार १२:४४ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...