काठमाडौँ । कर्मचारी ट्रेड युनियनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनकास्थगित गर्न आग्रह गरेका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो आग्रह गरेका हुन् ।
महामन्त्री थापाले निजामती विधेयक चाँडै पास गर्ने तयारीमा रहेको भन्दै आन्दोलनका कार्यक्रमहरू स्थगित गर्न माग गरे । उनले आज विधेयक पास गर्ने तयारी भए पनि एक पटक प्रतिवेदन पढ्न दिने भएकाले चाँडै पास गर्ने तयारी रहेको बताए ।
मङ्गलवार बसेको निजामती कर्मचारी ट्रेड युनियनका नेताहरूले समिति बैठकमा बोल्दै १० बुँदे माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएका थिए । उनीहरूले ७२ घण्टाभित्र आफ्ना माग सम्बोधन गर्दै निजामती कर्मचारी विधेयक अगाडि बढाउन आग्रह गरेका छन् ।
वि.सं.२०८२ वैशाख १० बुधवार १३:३४ मा प्रकाशित





























