back

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

वि.सं.२०८२ वैशाख ११ बिहीवार

210 

shares
GLOBAL IME AD
NTC AD

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्नेमा यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । १९औँ लोकतन्त्र दिवसका अवसरमा आज पोखरामा आयोजित ‘लोकतन्त्रको सवाल, चुनौती र सवलीकरण’ विषयक अन्तरसम्वादमा उनीहरुले लोकतन्त्र प्राप्त गरेर मात्र नहुने त्यो जीवन पद्धति, व्यवहार र आचरणमा झल्कनुपर्ने बताए ।

गैरसरकारी संस्था महासङ्घ, गण्डकीका पूर्वअध्यक्ष रामप्रसाद सुवेदीले लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दल र नागरिक समाज एकजुट हुनुपर्ने धारणा राखे । “प्रभावकारी सेवा प्रवाह, संस्थागत संरचना विकास, पारदर्शी र जवाफदेही शासन सञ्चालनले लोकतन्त्रलाई सुदृढ पार्छ”, उनले भने, “राजनीतिक दल सच्चिन तयार रहनुपर्छ, लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, अराजकतालाई लोकतन्त्रले माफ गर्दैन ।”

जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समिति, कास्कीका अध्यक्ष शेखर गौतमले लोकतन्त्र वंशका आधारमा नभइ कर्म र प्रतिस्पर्धाबाट शासन गर्ने व्यवस्था भएको बताए । लोकतन्त्रको विकल्प अझ सबल र सुदृढ लोकतन्त्र रहेको उनकोे भनाइ छ ।

“अहिलेको व्यवस्थामा पनि स्वाभाविक रूपमा गुनासा र असन्तुष्टी छन्, तिनका समाधानका लागि राजनीतिक दल र राज्य संयन्त्र जवाफदेही बन्नैपर्छ, दलले आफ्नो चरित्र र आचरणलाई सुधार्नु जरुरी छ”, अध्यक्ष गौतमले भने, “लोकतान्त्रिक व्यवस्थाको विकल्प फेरि पनि लोकतन्त्र नै हो, अरु कुनै व्यवस्थाको यहाँ गुञ्जायस छैन ।”

गणेशमान सिँह फाउण्डेशनका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले राजनीतिक दलमा विकृति मौलाउँदै गएकाले लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठेको बताए ।

राष्ट्रिय जनमोर्चा, गण्डकीका अध्यक्ष शङ्कर बरालले लोकतन्त्र ल्याउन सङ्घर्ष गरेका राजनीतिक दलले लोकतान्त्रिक आचारण भने देखाउन नसकेको टिप्पणी गरे ।

नेकपा (एकीकृत समाजवादी), गण्डकीका अध्यक्ष कृष्ण नेपालीले राजनीतिक दल र राज्य सञ्चालमा लोकतान्त्रिक चरित्र चाहिने बताए ।

नेकपा (माओवादी केन्द्र), कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले जनयुद्ध र जनआन्दोलनको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताउनुभयो ।

नेकपा (एमाले), गण्डकीका अध्यक्ष नवराज शर्माले राजनीतिक दलले सुध्रने आँट गर्नुपर्ने बताए । उनले नागरिकलाई संविधानप्रदत्त अधिकारको प्रत्याभूति दिनु राज्यको दायित्य भएको बताए ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले जनताको विश्वासमा लोकतन्त्र टिक्ने भएकाले शासन सञ्चालन पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिए ।

लोकतन्त्र दिवसका अवसरमा आजै प्रभातफेरिसमेत गरिएको थियो ।

वि.सं.२०८२ वैशाख ११ बिहीवार १५:२९ मा प्रकाशित

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका...

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

मेलम्चीको पानी बितरण विस्तार

मेलम्चीको पानी बितरण विस्तार

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र...