back
CTIZAN AD

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

वि.सं.२०८२ वैशाख ११ बिहीवार

762 

shares

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्नेमा यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । १९औँ लोकतन्त्र दिवसका अवसरमा आज पोखरामा आयोजित ‘लोकतन्त्रको सवाल, चुनौती र सवलीकरण’ विषयक अन्तरसम्वादमा उनीहरुले लोकतन्त्र प्राप्त गरेर मात्र नहुने त्यो जीवन पद्धति, व्यवहार र आचरणमा झल्कनुपर्ने बताए ।

गैरसरकारी संस्था महासङ्घ, गण्डकीका पूर्वअध्यक्ष रामप्रसाद सुवेदीले लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दल र नागरिक समाज एकजुट हुनुपर्ने धारणा राखे । “प्रभावकारी सेवा प्रवाह, संस्थागत संरचना विकास, पारदर्शी र जवाफदेही शासन सञ्चालनले लोकतन्त्रलाई सुदृढ पार्छ”, उनले भने, “राजनीतिक दल सच्चिन तयार रहनुपर्छ, लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, अराजकतालाई लोकतन्त्रले माफ गर्दैन ।”

जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समिति, कास्कीका अध्यक्ष शेखर गौतमले लोकतन्त्र वंशका आधारमा नभइ कर्म र प्रतिस्पर्धाबाट शासन गर्ने व्यवस्था भएको बताए । लोकतन्त्रको विकल्प अझ सबल र सुदृढ लोकतन्त्र रहेको उनकोे भनाइ छ ।

“अहिलेको व्यवस्थामा पनि स्वाभाविक रूपमा गुनासा र असन्तुष्टी छन्, तिनका समाधानका लागि राजनीतिक दल र राज्य संयन्त्र जवाफदेही बन्नैपर्छ, दलले आफ्नो चरित्र र आचरणलाई सुधार्नु जरुरी छ”, अध्यक्ष गौतमले भने, “लोकतान्त्रिक व्यवस्थाको विकल्प फेरि पनि लोकतन्त्र नै हो, अरु कुनै व्यवस्थाको यहाँ गुञ्जायस छैन ।”

गणेशमान सिँह फाउण्डेशनका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले राजनीतिक दलमा विकृति मौलाउँदै गएकाले लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठेको बताए ।

राष्ट्रिय जनमोर्चा, गण्डकीका अध्यक्ष शङ्कर बरालले लोकतन्त्र ल्याउन सङ्घर्ष गरेका राजनीतिक दलले लोकतान्त्रिक आचारण भने देखाउन नसकेको टिप्पणी गरे ।

नेकपा (एकीकृत समाजवादी), गण्डकीका अध्यक्ष कृष्ण नेपालीले राजनीतिक दल र राज्य सञ्चालमा लोकतान्त्रिक चरित्र चाहिने बताए ।

नेकपा (माओवादी केन्द्र), कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले जनयुद्ध र जनआन्दोलनको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताउनुभयो ।

नेकपा (एमाले), गण्डकीका अध्यक्ष नवराज शर्माले राजनीतिक दलले सुध्रने आँट गर्नुपर्ने बताए । उनले नागरिकलाई संविधानप्रदत्त अधिकारको प्रत्याभूति दिनु राज्यको दायित्य भएको बताए ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले जनताको विश्वासमा लोकतन्त्र टिक्ने भएकाले शासन सञ्चालन पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिए ।

लोकतन्त्र दिवसका अवसरमा आजै प्रभातफेरिसमेत गरिएको थियो ।

वि.सं.२०८२ वैशाख ११ बिहीवार १५:२९ मा प्रकाशित

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...