
काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ ।
आज दिउसो करिब १ बजेतिरको समयमा बसको फाइबरमा तार सर्ट भई आगलागी भएको प्रहरी वृत्त थानकोटले जनाएको हो ।
उक्त बस कलंकीदेखि थानकोटतर्फ जाँदै गरेको बा.प्र. ०३–०१–००५ ख ९७८६ नम्बरको पाँचपोखरी यातायातको रहेको प्रहरीले जनाएको छ । आगो लागेको २० मिनेटपछि दमकल र स्थानीय पानीट्यांकरको सहयोगमा आगो निभाउन सफल हुनुका साथ बस पूर्ण रूपमा क्षति भएको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
वि.सं.२०८२ वैशाख ११ बिहीवार १५:४३ मा प्रकाशित