back
CTIZAN AD

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

वि.सं.२०८२ वैशाख १२ शुक्रवार

1.9K 

shares

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन नयाँ कार्यसमिति निर्वाीचत गर्दै सम्पन्न भएको छ। अधिवेशनबाट पारसमणि मिश्र अध्यक्षमा निर्वाचित भएका छन् । मिश्रले २८३ मत प्राप्त गरी निर्वाचित भए भने उनका प्रतिस्पर्धी सालिग्राम अर्यालले १८६ मत प्राप्त गरेका थिए।

कूल ४४४ भौतिक र ३५ अनलाइन गरी ४७९ मत खसेकोमा १० मत बदर भएको थियो । उपाध्यक्षमा गणेश थापा, चक्र विक्रम शाही, रमेश आघिमिरे र गिरीराज अधिकारी निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर शाही, महासचिवमा सुरेश कुमार यादव र रमेश सुवेदी, सहमहासचिवमा नरेश बास्कोटा, विनोद श्रेष्ठ, कृष्ण बहादुर खत्री तथा कोषाध्यक्षमा निर्मला परियार निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यहरूमा नवराज श्रेष्ठ, रमेश तिम्सिना, सुनील बास्तोला, राघवचन्द्र अधिकारी, विष्णु पौडेल, नविन सापकोटा र घनश्याम तिवारी निर्वाचित भएका छन् । कार्यक्रमको अध्यक्षता समितिका तत्कालीन अध्यक्ष जितेन्द्र बिक्रम शाहीले गरेका थिए। यसैगरी प्रवक्तामा जगन्नाथ पाण्डे निर्विरोध निर्वाचित भएका छन्।

सोही अवसरमा कांग्रेसको १५ औं महाधिवेशनका लागि महासमिति सदस्यमा पारसमणि मिश्र, जितेन्द्र बिक्रम शाही र कविन्द्र ढकाल चयन भएका छन्। महाधिवेशन प्रतिनिधिमा सुरेश कुमार यादव, जीवन बहादुर शाही, सुरेन्द्र केसी र आविष्कार बास्तोला चयन भएका छन्।

प्रमुख अतिथिका रूपमा रहेका नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि तथा जनसम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डेले विदेशमा रहेका नेपालीहरूको सीप, पूँजी र नेटवर्कको सदुपयोग गर्दै नेपालमा रोजगारी सिर्जना र समृद्धि ल्याउन सकिने बताउँदै, पर्यटन प्रवर्द्धनका लागि प्रवासी नेपालीहरूले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिए। अधिवेशनलाई नमूना सभाका रूपमा चित्रण गर्दै उनले अनुशासन र समावेशिताको प्रशंसा गरे ।

नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी पाएका निर्वाचन अधिकृत नविन थपलियाले निष्पक्ष, समावेशी र पारदर्शी निर्वाचनका लागि सबैलाई बधाई दिँदै, यसपटकको निर्वाचन धेरै सहभागीहरूको लागि पहिलो अनुभव भएको र लोकतान्त्रिक प्रक्रियाको अभ्यासमा उनीहरूले नयाँ अनुभव लिएको बताए। बन्द सत्रमा विधान संशोधनसम्बन्धी छलफल हुनुका साथै नर्वेमा नेपाली राजदूतावास स्थापनाका लागि जनसम्पर्क समितिले पहल गर्नुपर्ने प्रस्ताव पारित गरिएको थियो।

अधिवेशनको समापन सत्रमा निवर्तमान सभापति जितेन्द्र बिक्रम शाहीले आफ्नो कार्यकालमा संस्थागत सुदृढीकरण, पारदर्शिता र सहकार्यलाई प्राथमिकता दिएको उल्लेख गर्दै नयाँ कार्यसमितिलाई समेत त्यही मार्गमा अघि बढ्न सुझाव दिएका थिए।

उनले निर्वाचन व्यवस्थापन टिम, स्वयंसेवक, मतदाता तथा सबै सहभागीलाई विशेष धन्यवाद ज्ञापन गरे । अधिवेशनको अवसरमा बास्केटबल, फुटबल, क्रिकेट र भलिबल जस्ता खेलकुद कार्यक्रमको आयोजना गर्ने र राष्ट्रिय खेलाडीहरूलाई सम्मान गर्ने योजना पनि अगाडि सारिएको छ ।

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:१६ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...